Joshilopost
२०७७ मंसिर १७, बुधबार


बाल बिकास माबिको अभिभावक भेला   

भेलाले नयाँ नेत्रित्व चुन्ने


बाल बिकास माबिको अभिभावक भेला   

दाङ ।बाल बिकास माबिको अभिभावक भेला  घोराहीमा सुरु भएको छ । भेलाको उद्घाटन घोराही उप–महानगरपालिका वडा न..१४ का अध्यक्ष शक्तिराम डाँगीले गर्नु भएको थियो । त्यसअबसरमा बोल्दै अध्यक्ष डाँगी बाल–बालिकाको शैक्षिक सुधारमा अभिभावको  भुमिका नै मुख्य हुने बताउँनुभयो । बाल–बालिकाको पहिलो विद्यालय घर र शिक्षक अभिभावक भएको बताउँदै उनिहरुलाई कस्तो शिक्षा दिने भन्ने कुरा अभिभावमा भर पर्ने बताउँनुभयो । विद्यालय सूधारमा बिद्यालय व्यवस्थापन समितिको काम नै प्रधान हुने भन्दै उहाँले सामाजिक काम गर्ने थलोमा कसैले राजनिति गर्न नहुने बताउँनुभयो । त्यस अबसरमा घोराही उप–महानगरपालिका स्तरिय नगरशिक्षाका अधिकृत नारायण पौडेल,विद्यालयका प्रधानध्यापक राजेन्द्र श्रेष्ठ, लगाएतले बोल्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकला रेगमीको  अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । भेलाले नयाँ नेत्रित्व चुन्ने विद्यालयका प्र.अ राजेन्द« श्रेष्ठले जानकारी दिनुभयो । 
 


You need to login to write a comment!

comments

Top