Joshilopost
२०७७ मंसिर १९, शुक्रबार


अटो मोबाईल्सको पढाई  पद्मोदयमा 

अधिकासं विद्यार्थी प्राविधिक शिक्षा तर्फ आकृर्षित हुदै


अटो मोबाईल्सको पढाई  पद्मोदयमा 

दाङ । पद्मोदय उच्च माबि भरतपुरमा अटो मोवाईल्स बिषयको पढाई हुदै  आएको छ  । सिटिईभिटी अन्तरगत विभिन्न प्राविधिक विषयको पढाई संचालन गर्दै आएको विद्यालयले गत बर्ष देखि अटो मोवाईल्स बिषयको पढाई संचालन गरेको विद्यालयका प्रधानध्यापक रामप्रसाद जैशीले जानकारी दिनुभयो । पछिल्लो समय अधिकासं विद्यार्थी प्राविधिक शिक्षा तर्फ आकृर्षित हुदै गएको भन्दै उनीहरुलाई स्वरोजगार बनाउँन पढाई संचालन गरेको वताउँनुभयो । अटोमोवाईल्स बिषयको पढाई संचालन गर्न करिव झण्डै तीन कारोडको लागतमा आधुनिक सुविधा सहितको भवन निर्माण थालेको बताउँनुभयो । भवन अभाव हुदा पढाई संचालन गर्न समस्या भएको वताउँदै २०७३ माघमा संचालन गरिएको महायज्ञको संङ्कलित रकमबाट  भवन निर्माण सुरु  गरिएको वताउँनुभयो । ९ कोठाको उक्त भवन निर्काणको काम करिव ७० प्रतिशत  पुरा भएको प्रअ जैशीले  जानकारी दिनुभयो । महायज्ञमा दान प्रस्ताब गर्ने हरुले अझै रकम नदिएको वताउँदै त्यसका लागि रकम प्रदान गर्न  सम्पुर्ण दानवीरलाई आग्रह गर्नुभयो । उहाँका अनुसार रकम दान गर्नेको नाम सिला लेखमा लेख्ने क्रम सुरु भएको वताउँदै अब दानवीरको नाम समेत रुजु गर्न उहाँले सबैमा आग्रह गर्नुभयो ।


You need to login to write a comment!

comments

Top