Joshilopost
२०७७ मंसिर १९, शुक्रबार


माघ ९ गते  राष्ट्रियसभा सदस्यको निर्वाचन

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक


माघ ९ गते  राष्ट्रियसभा सदस्यको निर्वाचन

आगामी माघ ९ गते  राष्ट्रियसभा सदस्यको निर्वाचन हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि माघ ९ गते निर्वाचन गर्न राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय भएको बताउनुभयो । संचार मन्त्रालयमा आयवजित नियमित पत्रकार सम्मेलनका क्रममा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाले भारत र चीन दुबैतर्फ सीमामा रहेका समस्याको समाधानका लागि सीमा निरीक्षण समिति गठन गरी काम अघि बढाइने जानकारी दिनुभयो । सरकारले नागरिकका यथोचित माग पूरागर्ने र विकास निर्माणका काममा नागरिकहरु पनि सहयोगी हुनुपर्ने मन्त्री बाँसकोटाले बताउनुभयो ।  खेल क्षेत्रको विकासमा पनि सरकार उत्तिकै क्रियाशील रहेको उल्लेख गर्नुहँदै मन्त्री बाँस्कोटाले प्राप्त उपलव्धीहरुलाई ओझेलमा पार्ने गरी नकारात्मक टीप्पणी गरिनु राम्रो नभएको बताउनुभयो ।।


You need to login to write a comment!

comments

Top