Joshilopost
२०७७ मंसिर १७, बुधबार


पानी संरक्षण गर्न पोखरी 

गाउँमा तरकारी खेति


पानी संरक्षण गर्न पोखरी 


दाङ ।पानीको मुहान संरक्षण गर्न घोराही उप–महानगरपालिकाले पोखरी निर्माण कार्यलाई  अगाडी बढाएको छ । बर्षातको पानी  पोखरी संङकलन गरी खानेपानीको श्रोत संरक्षण  र  सिचाई सुविधा पु¥र्याउँने उदेश्य राखी पोखरी निर्माण कार्यलाई तिव्रता दिएको हो । उप–महानगरपालिकाले आफ्ना  १९ वटै वडामा एक/एक वटा पोखरी निर्माण गर्ने योजना बनाएको छ । आर्थिक बर्ष २०६६/०६७ देखि निर्माण  कार्य थालेको कार्यालयले हाल सम्म १२ वडा पोखरी निर्माण गरिएको घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । पोखरी निर्माणका लागि कार्यालयले प्रत्येक बर्ष  ३ देखि ४ करोड रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ ।

यस    एक करोड लागतमा उप– महानगरपालिकाको  वडा नं.  १ को  चेपेसोता २ को   बलामपुर  ७ को दुन्द«ा  १० को ठाटीगाउँ , १२ को  सिस्नेरी  र वडा नं. १८ को गिठेपानीमा नयाँ पोखरी निर्माणको  काम सुरु भएको छ । पोखरी निर्माणसंगै स्थानीयहरु गाउँले  आय आर्जन सुरु गरेका छन । पोखरीबाट सिचाई हुन थालेपनि घोराही उप– महानगरपालिका १७ का स्थानीयहरुले  १५ बिगाह जमिनमा  तरकारी खेती सुरु गरेका हुन । किसानले करेला,काक्र्रा,बोडी लौका टमाटर लगाएतका विभिन्न तरकारी उत्पादन गरी मासिक ६० हजार रुपैयाँ सम्म आम्दानी गर्दै आएको छन । 

करिव तीन विगाह क्षेत्रमा फैलिएको पोखरीले गाउँको झण्डै तीन सय विगाह जमिनमा सिचाई सुविधा पुगेको छ । गाउँमा तरकारी खेति सुरु भएपछि   विदेश गएका कतिपय युवाहरु  गाउँ फर्किएर तरकारी खेतीमै लागेका छन् । जसका कारण परिवारको पालन पोषण र शिक्षा दिक्षामा सहयोग पुगोको स्थानीय गाउँलेहरुको भनाई छ । 

 
 


You need to login to write a comment!

comments

Top