Joshilopost
२०७७ मंसिर १७, बुधबार


    पत्रकार महासंघको २७औं स्थापना दिवस

सञ्चारर्मी र संचार माध्यमलाई सम्मान गरिने 


    पत्रकार महासंघको २७औं स्थापना दिवस

दाङ । नेपालपत्रकार महासंघ दाङले आफ्नो २७औं स्थापनादिवसको अबसरमापत्रकार, सञ्चार माध्यम र अक्ष्यकोष दात्तालाई सम्मानएवं पुरस्कार प्रदानगर्ने भएको छ । नेपालपत्रकार महासंघ दाङ शाखाको पुरस्कार छनौंट समितिको आइतबार बसेको वैठकले विभिन्न सञ्चार माध्यममाकार्यरत १८ जनापत्रकार, तीन वटा सञ्चार माध्यम र दुईजनाअक्ष्यकोष दातालाई पुरस्कार र सम्मानवितरण गर्न लागेको हो । 

   छनौंट समितिका संयोजक सविनप्रियासनको अध्यक्षत्तामा बसेको वैठकले यस वर्ष प्रतिभा पुरस्कारबाट पत्रकार सुलोचनागौतमलाई पुरस्कृत गर्न लागेको छ । यसैगरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार शिबु खनाल, महिलासिर्जनशिलपत्रकारिता पुरस्कारबाट निरलाअर्याल, प्रोत्साहन पुरस्कारबाट अमृता भुसाल र आशिष सुनिलपोख्रेल पुरस्कृत हुनलागि रहेका छन् । 

    यसैगरी रोशन स्मृतिपत्रकारिता पुरस्कारबाट पत्रकार सुनिलपोख्रेल, पण्डित लिलाकान्त महरहठ्ठापत्रकारिता पुरस्कारबाट छबि पुरी, विष्णु भुपेन्द्रेश्वर श्रेष्ठ पत्रकारिता पुरस्कारबाट केदार खत्री, यज्ञ बहादुर बुढाथोकी स्मृतिपत्रकारिता पुरसकारबाट अमरि क्षितिज भण्डारी, ओमप्रकाश स्मृतिपत्रकारिता पुरस्कारबाट ऋषियादव, जितेन्द्रबहादुर शाह स्मृतिपत्रकारिता पुरस्कारबाट चेतन रेग्मी, चिन्तामणि जमुनापोख्रेल स्मृतिपत्रकारिता पुरस्कारबाट विष्णु अधिकारी, लोककुमारी स्मृतिपत्रकारिता पुरस्कारबाट उदिरामचौधरी, दुर्ग टिका स्मृतिपत्रकारिता पुरस्कारबाट निराजन डाँगी, शालिकराम सामाजिक सेवापत्रकारिता पुरस्कारबाट प्रदीप पाण्डे, पार्वती स्मृति स्वास्थ्यपत्रकारिता पुरस्कारबाट लक्ष्मण बस्नेत, अकि टुकादेवी स्मृतिपत्रकारिता पुरस्कारबाट गणेश आचार्य, नदिन स्मृतिपत्रकारिता पुरस्कारबाट एकराज भण्डारीलाई पुरस्कृत गर्न लागिएको छ । 
    पत्रकार महासंघले यसवर्ष स्थापनादिवसका सन्दर्भमा राप्ती समाचार दैनिक, देउखुरी एफएम र दाङ खबर अनलाईन र पुरस्कार अक्ष्यकोष दात्ताहरु शारदा शर्मा र होतारामअधिकारीलाई विशेष सम्मानगर्न लागेको सचिवभुपेन्द्र प्रकाशवलीले जानकारी दिनुभयो । पत्रकार महासंघ दाङले स्थापनादिवसको सन्दर्भमा पुस १ गतेदेखि ४ गतेसम्मविभिदकार्यक्रमहरु गर्दै छ । पुस १ गते घोराहीमा रक्तदान, २ गते लमहीमाजनप्रतिनिधिहरुसँग मैत्रीपूर्ण क्रिकेट, ३ गते तुलसीपुरमानिशुःल्कआँखाशिविर र ४ गते घोराहीमा पुरस्कार वितरण तथाशुभकामनाआदानप्रदानकार्यक्रमगर्न लागि रहेको छ ।  
 


You need to login to write a comment!

comments

Top