Joshilopost
२०७७ मंसिर १९, शुक्रबार


नेकपा कार्यदलको प्रतिवेदन


नेकपा कार्यदलको प्रतिवेदन

काठमाडौँ — पार्टी विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले दुई अध्यक्षको अधिकार बाँडफाँटसहितको प्रतिवेदन बुझाईसकेको छ । एक साताको गृहकार्यपछि महासचिव पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको थियो ।  प्रतिवेदनमा पार्टीका तत्कालीन विवादहरुको समाधानको उपाय सुझाइएको छ । प्रतिवेदनमा पार्टीमा उत्पन्न अन्तरविरोध समाधान, पार्टी एकीकरणका बाँकी काम, पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना, सरकारको काम, नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसनबीचको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता, नेपालको सीमा समस्या र समाधान, कोविड–१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक–सामाजिक पुनरुत्थान र शान्ति प्रकृयाका बाँकी कामहरुसम्बन्धी प्रस्ताव छन् ।प्रतिवेदनमाथि अध्यक्षद्वयबीच मंगलबार छलफल हुने भएको छ । प्रतिवेदनमाथि दुई अध्यक्षले छलफल गरेपछि आवश्यकता अनुसार थप घट गरेर सचिवालयमा लैजाने तयारी छ । सचिवालयमा आवश्यक परिमार्जनपछि प्रतिवेदनलाई एउटा प्रस्तावका रुपमा स्थायी कमिटीमा लैजाने तयारी नेताहरुको छ।साउन ३० गते ओली र दाहालको सहमतिमा कार्यदल गठन भएको थियो । कार्यदलमा प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट दुई–दुईजना नेता तोकिएका थिए । जसअनुसार पौडेल र शंकर पोखरेल ओलीनिकट, जनार्दन शर्मा र पम्फा भुसाल दाहाल तथा सुरेन्द्र पाण्डे र भीम रावल नेपालनिकट हुन् । कार्यदलभित्र प्रर्याप्त बहस भएर अन्तिममा सर्वसम्मतिमा उनीहरुले प्रतिवेदन बुझाएका थिए ।


You need to login to write a comment!

comments

Top