Joshilopost
२०७७ मंसिर १९, शुक्रबार


भालुवाङ राजधानी हुदा सबैलाई न्याय हुन्छ –पूर्व मन्त्री शर्मा 


भालुवाङ राजधानी हुदा सबैलाई न्याय हुन्छ –पूर्व मन्त्री शर्मा 

दाङ । प्रतिनिधी सभा सदस्य एवं पूर्व,सामान्य प्रशासन मन्त्री रेखा शर्माले प्रदेश – ५को स्थायी राजधानी दाङ हुदा प्रदेशका १२ जिल्ला माथि न्याय हुने वताउँनु भएको छ । दाङको ढिकपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै  यस्तो बताउँनु भएको हो । मन्त्री शर्माले भालुवाङ  बाह्र जिल्लाकै  पायक पर्ने स्थानका रुपमा रहेको भन्दै त्यसको विरोध कसैले गर्न नहुने उल्लेख गर्नुभयो । बुटवल बिकास उन्मुख शहरका रुपमा रहेको भन्दै त्यसलाई औद्योगिक शहरका अगाडी लैजानु पर्ने धारणा राख्नु भयो ।प्रदेशको मुकाम दाङ राख्दा  सबैको लागि न्यायपूर्ण हुने  बताउँदै बुटवल राजधानी राख्ने काम भुगोलका दृष्टिकोणले उचित नभएको तर्क व्यक्त गर्नुभयो । प्रदेश नं.५ सरकारले गरेको स्थायी मुकामको   निर्णय उचित र न्यायपूर्ण छ उहाँले भन्नुभयो । प्रदेश सरकारको पक्षमा सबै उभिन आबश्यक रहेको भन्दै दाङ राजधानी हुदा प्रदेशका सम्पूर्ण नागरिकलाई सहज हुने धारणा व्यक्त गर्नुभयो । सरकारले पछिल्लो समय जग्गाको कित्ताकाट गर्ने क्रम रोकामा खुशी व्यक्त गर्दै राजधानीको बन्ने बाहानामा कसैले जग्गाको विक्री वितरण पर्छ भने त्यसलाई कारर्वाही गर्नुपर्ने उल्लेख गर्नुभयो । त्यस अबवरमा मन्त्री शर्माले बकुलाई,चैनपुर,ढिकपुर मछाई सडक खण्डको निर्माण र ढिकपुरमा सिचाई सुविधा पु¥र्याउन भुमिका खेल्ने वताउँनुभयो । मन्त्री शार्मले आजै घोराही १२ हापुरमा पनि कार्यकर्ता भेटभाट एवं विभिन्न आयोजनाको अनुगमन गर्नु भएको थियो ।  


 


You need to login to write a comment!

comments

Top