Joshilopost
२०७७ मंसिर १९, शुक्रबार


पत्रकार नेपालीद्धारा  जीवन रक्षा गर्न अपील 


पत्रकार नेपालीद्धारा  जीवन रक्षा गर्न अपील 

दाङ । पत्रकार बलवीर नेपाली आफ्नो जीवन रक्षा गरिदिन अपिल गरेका छन । रोल्पा रुम्टीगढी –३  मसिना निवासी नेपालीले आफ्नो ज्यान बचाउँन सबैमा आग्रह गरेका हुन  । मृगौला रोगका कारण भारतको दिल्ली स्थित मर्का आयुर्बेदमा उपचार गर्दै आएका नेपाली  उपचार गर्ने पैसा नहुदा  घर फिर्ता भएका छन ।  लामो समय सम्म रेडियो गणतन्त्रमा कार्यरत नेपालीले मासिक ४० हजार रुपैयाँ उपचारका खर्च लाग्ने बताएका छन् । घरको आर्थिक अबस्था कमजोर हुदा  उपचार गर्न सक्ने अबस्था नरहेको भन्दै सबैलाई सक्दो सहयोग गर्न अपील गरेका छन । अन्य व्यक्तिबाट संङकलित २ लाख रुपैयाँले अहिले उपचार भैरहेको भन्दै अझै १० लाख रुपैयाँ उपचारका लागि खर्च लाग्ने उनले वताए । घरको आर्थिक अबस्था कमजोर हुदा  आफुसंग औषधी खाने पैसा समेत नरहेका गुनासो पोखे ।  दैनिक साझ –बिहानको छाँक टार्न घरमा समस्या परेको भन्दै उपचारका लागि सबैको सहयोगकोे अपेक्षा गर्दछु उनले भने । नेपालीले आफ्नो सेन्चुरी बैङ्कमा रहेको  खाता नम्बर ०८६००००३८९ सी ५ वा मोवाईल नम्बर ९८२२८९६१२८,९८६२१०५८०७ ,९८५७८६२३७३ मा सम्पर्क गरी सक्दो सहयोग गर्न अपिल गरेका छन  ।  
 


You need to login to write a comment!

comments

Top