Joshilopost
२०७७ मंसिर १७, बुधबार


एक सय २८ स्लाइसको सिटि स्क्यान जडान  

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा   


एक सय २८ स्लाइसको सिटि स्क्यान जडान  

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उच्च स्तरको सिटी स्क्यान जडान गरिएको छ । प्रतिष्ठानमा एक सय २८ स्लाइसको सिटि स्क्यान मेसिन जडान गरी स्चालन गर्ने तयारी भएको छ ।गुणस्तरयुक्त सिटिस्क्यान मेसिन पहिलोपटक प्रतिष्ठानमा ल्याइएको प्रतिष्ठानका उप–कुलपति संगिता भण्डारीले जानकारी दिनुभयो ।भण्डारीका अनुसार सिटी स्क्यान  मेसिनमा मुटुको समेत हेर्न सकिने भएकाले छ ।  प्रतिष्ठानले एकपछि अर्को गर्दै पछिल्लो पटक सेवा बिस्तार गरिरहेको छ । सेवा बिस्तारमा जोड दिएको प्रतिष्ठानले यसअघि अत्याधुनिक ल्याब, डेण्टल, १० बेडको भेन्टिलेटरसहितको आइसियु, बच्चाका लागि एनआइसियु सेवा सुरु गरिसकेको छ । स्वास्थ्यमा दाङलाई हब बनाउनेसहित प्रतिष्ठानले सेवा बिस्तारमा तिब्रता दिइरहेको बेला सरकारले बजेटसहित चिकित्सक जनशक्ती उपलब्धता गराइदिएमा प्रतिष्ठानको काम कारबाही अझै प्रभाबकारीता आउने बिश्वास लिएको छ ।लेटेस्ट भर्सनको सिटी स्क्यान मेसिन नहुदा सामान्य सिटि स्क्यानका लागि नेपालगञ्ज, बुटवलसंगै काठमाडौं जानुपर्ने बाध्यता थियो । अब स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन सेवा सुरु भएमा जिल्ला बाहिर सिटी स्क्यान सेवा पाउनकै लागि जानुपर्ने बाध्यता हट्नेछ । 


You need to login to write a comment!

comments

Top