Joshilopost
२०७७ मंसिर १७, बुधबार


नयाँ बजार शहरी स्वास्थ्य केन्द्रबाट खोपसेवा सुरु 

घोराही–१४  


 नयाँ बजार शहरी स्वास्थ्य केन्द्रबाट खोपसेवा सुरु 

 

दाङ । घोराही–१४ स्थित नयाँ बजार शहरी स्वास्थ्य केन्द्रमा खोप सेवा सुरु भएको छ । दुई बर्ष मुनिका बालबालिकालाई खोप लगाउँने उदेश्यले खोप केन्द्र संचालनमा आएको हो । खोप केन्द्रबाट जन्मेदेखि दुई बर्ष मुनिका बालबालिकालाई आबश्यक पर्ने बि.सि.जि, डि.पि.टी.,ओ.भि.टि.,रोटा, दादुरा,रुवेला, लगाएतका लगाईने छ । खोप केन्द्रको घोराही उप–महानगरपालिका उप–प्रमुख सिता सिग्देल न्यौपानेले उद्घाटन गर्नु भएको थियो । त्यस अबसरमा घोराहीका प्रत्येक वडामा खोप केन्द्र संचालनमा आएको वताउँनुभयो । प्रत्येक वडामा रहेका स्वास्थ्य केन्द्रलाई अब खोप केन्द्रका रुपमा पनि विस्तार गर्ने बताउँनुभयो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष शक्तिराम डाँगीले प्रत्येक नागरिकको घर÷घरमै स्वास्थ्य सेवा विस्तार गर्ने उदेश्यले खोप  केन्द्र स्थापना गरिएको बताउँनुभयो । नजिकै खोप केन्द्र संचालन नुहदा  आमाहरु अनेत्र जानु पर्ने वाध्यता रहेको भन्दै यो संचालनमा आएसंगै सबैलाई सहज हुने उल्लेख गर्नुभयो । उद्घाटन कार्यक्रममा स्वास्थ्य केन्द्रका सल्लाहकार दिलकुमारी बुढा लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन खिमा भुषालले गर्नु भएको थियो  । आज पहिलो दिन झण्डै १ सय ५० वालबालिकालाई खोप लगाईएको थियो । यसोत यस अघि नै स्वास्थ्य केन्द्रले  निशुल्क सेवा दिदै आएको छ । 
 


You need to login to write a comment!

comments

Top