Joshilopost
२०७७ मंसिर १७, बुधबार


भाइरल तस्वीरमा मलिका र अर्जुनको सम्वन्ध उदांगो


भाइरल तस्वीरमा मलिका र अर्जुनको सम्वन्ध उदांगो

डिभोर्सी अभिनेत्री मलाइका अरोडा लामो समयदेखि कुमार हिरो अर्जुन कपुरसँग प्रेममा छिन् । तर, उनीहरुले अहिलेसम्म आफूहरुको सम्वन्ध सार्वजनिकरुपमा स्वीकारेका छैनन् । हालै मलाइका र अर्जुनको एउटा तस्वीर भाइरहेको छ, जसमा उनीहरुको प्रेम प्रष्ट झल्किन्छ । यो तस्वीरमा अरु थुप्रै व्यक्तिहरुका बीच मलाइका र अर्जुन एकअर्कासँग लहसिएका छन् । दुवैले एक–अर्काको तिघ्रामा हात राखेका छन् ।

यो तस्वीर मलाइका र अर्जुन स्वयम्ले आफ्नो इन्स्टाग्राम पेजमा सेयर गरेका थिए । यसबाट अब उनीहरु आफ्नो सम्वन्धलाई लुकाइरहन चाहँदैनन् भन्ने अनुमान लगाउन सकिन्छ । बलिउडमा बिहेको सिजन चलिरहेका बेला यो जोडीले पनि चाँडै बिहे गर्न सक्ने कतिपयले लख काटेका छन् ।

मलाइकाल नायक सलमान खानकी भाउजु हुन् । सलमानका दाजु अरबाज खानसँग गत वर्ष डिभोर्स लिएपछि उनी सिंगल छिन् । आफूभन्दा करिब १० वर्ष कान्छा अर्जुनसँग सल्केपछि उनको वैवाहिक सम्वन्ध बिग्रेको थियो ।


You need to login to write a comment!

comments

Top