Joshilopost
२०७७ मंसिर १७, बुधबार


घोराही –१४ ले होम–आईसोलेसनमा बसेका बिरामीलाई घरमै औषधी पु¥र्याउने 


घोराही –१४ ले होम–आईसोलेसनमा बसेका बिरामीलाई घरमै औषधी पु¥र्याउने 

दाङ । घोराही उप–महानगरपालिका १४ ले होम आईसोलेसनमा कोरोना संक्रमित  विरामीलाई घरमै औषधी पु¥र्याउने भएको छ । वडा स्तरिय  विपत्त व्यवस्थापन समितिको आज घोराहीमा बसेको बैठकले यस्तो निर्माण गरेको हो । सरकारले कोरोना संक्रमित विरामीलाई होम आईसोलनेशनमा बस्न निर्देशन गरेपछि संक्रमित विरामीको उपचार गर्न घरमै औषधी पु¥र्याउँन थालेको हो । कोरोनाका बिरामी बाहिर निस्कदा संक्रमण फैलने भन्दै स्वास्थ्यकर्मीको सहयोगमा घरमै औषधी पु¥र्याउँने व्यवस्था मिलाएको अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । कोरोना माहामारी सम्बन्धी सूचना प्रवाह गर्ने र उपचारमा खट्ने स्वास्थ्यकर्मीका लागि  वडा कार्यालयले स्वास्थ्य सामग्री सहित,टेलिफोन,खाजा खर्च र दैनिक २ सयमा दरले यातायात सूविधा दिने निर्णय गरेको छ ।

वडा १४  भित्र रहेका ३९ वटा टोल विकास संस्थामा कोरोना संक्रमित  तथ्याङक समेत सङ्कलन गर्ने भएको छ। वडा नं. १४ का कोरोना संक्रमित  विरामीको सम्पूर्ण व्यवस्थापन गर्न नयाँ बजार सहरी स्वास्थ्य केन्द्रमा प्रमुख खिमा भुषाललाई तोक्ने निर्णय समेत गरेको छ । त्यसका लागि वडा सदस्य र स्वास्थ्यकर्मीको टोली सहितको छुट्टै समिति गठन गरेको छ । जनचेतना , बसन्त बिहार,आनन्द,शिबमन्दिर,जागृत,स्वर्गद्धारी,सन्दरनगर,पुलचोक,खोलीगाउँ टोल बिकास संस्थामा वडा सदस्य फुलमति नेपाली र स्वास्थ्यकर्मी प्रमिला चौधरी , झिगौरा,त्रिपुरा,झिगौरा आश्रम,राप्ती,रामजानकी,ट्राफिक खोलीगाउँ, अटोभिलेज,रामनगर,रब्बे टोलविकास संस्थामा नैनाकुमारी चौधरी र तुलसी पुन, कपासी बगीया,सिद्धार्थ गौतम,संगम,सभागृह,स्वर्गद्धारी आश्रम,श्रीगणेश,सरस्वति, सिर्जनसील,राधाकृष्ण मिलन चोक टोलविकास संस्थामा लक्षुमण बुण र देवा योगी, र गोर्खा,लालीगुराँस,तल्लो झिगौरा,नवप्रतिभा ढोडेनी,सिदार्थ नवजलजला, नयाँबस्ति आश्रम सगरमाथा र एकता टोल विकास संस्था वडा सदस्य गुलाम रशुल र स्वास्थ्यकर्मी खिमा भुषाललाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ । विरामीका लागि औषधी खुवाउन संस्थागत परिवार नियोजनका संस्थाका डाक्टर रमेश बस्नेतलाई जिम्मेवारी दिएको छ । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा बसेको वैठकमा नेकपाका अध्यक्ष कृतिमान पुन, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल, त्रिभुवन थापा लगाएत विभिन्न दलका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 


You need to login to write a comment!

comments

Top