Joshilopost
२०७७ मंसिर १७, बुधबार


शर्माको श्रद्धाञ्जली सभा सम्पन्न  

शैक्षिक आन्दोलनको बीजारोपण गर्नुभयो घर्ती 


शर्माको श्रद्धाञ्जली सभा सम्पन्न  

दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव एवं लुम्बिनी प्रदेशका अध्यक्ष मदनकुमार शर्माको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द«ीय समितिले तुलसीपुर –१८ दुधरास स्थित शर्माको निवासमै  श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । १३ औ दिनको पून्यतीथीका अबसरमा आयोजित शोक सभालाई  प्रतिनिधी सभा सदस्य एवं शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपूरी घर्ती सम्बोधन गर्नु भएको थियो । त्यस अबसरमा घर्तीले शैक्षिक आन्दोलनमा शर्माको  अतुलनीय योगदान रहेको उल्लेख गर्नुभयो । २०४६ सालको अन्दोलन संगै दाङ,रोल्पा, रुकुम, जाजरकोट भेरी लगाएतका विभिन्न स्थानमा शैक्षिक आन्दोलनको बीजारोपण गरेको स्मरण गर्दै शर्माकै कतिपय स्थानमा विद्यालय खुलेको वताउँनुभयो । 
 प्रमुख अतीथी समेत रहनु भएकी घर्तीले जनयुद्धका क्रममा पनि उहाँको योगदान महत्व पूर्ण रहेको वताउँनु भयो । यस्तै शोक सभालाई राष्ट्रिय सभा सदस्य एवं नेकपा लुम्बिनी प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ लुम्बिनी प्रदेश सभा सदस्य दामा शर्मा, मृर्तक शर्माकी जीवन संगीनी अम्बिका शर्मा, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, एकीकृत अखिल नेपाल शिक्षक संगठनका पूर्व अध्यक्ष रत्न वली,तुलसीपुर उप–महानगरपालिका प्रमुख घनश्याम पाण्डे, कार्यपालिका सदस्य, गंगादेव गाउँपालिका अध्यक्ष नीरबहादुर खत्री लगाएतले शोक मन्तव्य व्यक्त गर्नु भएको थियो ।संगठनका केन्द«ीय उपाध्यक्ष बसन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन निमबहादुर केसीले गर्नु भएको थियो । 
सहभागी सम्पूर्णलाई एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेशका अर्थ उप महासचिव माधव महराले स्वागत गर्नु भएको थियो ।शर्माको गत कार्तिक २२ गते  नेपालगंञ्ज  स्थित भेरी अंञ्चल अस्पतालमा उपचारका  निधन भएको थियोे 
 


You need to login to write a comment!

comments

Top