Joshilopost
२०७७ मंसिर १७, बुधबार


हापुरमा ३५ करोडको वन उद्यान बन्दै 


हापुरमा ३५ करोडको वन उद्यान बन्दै 

दाङको हापुरमा जडिबुटी र फलफुल खेती गर्न वन उद्यान निर्माण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा  करिव ७ हेक्टर जग्गामा बन उद्यान निर्माण गरिएको हो । गतबर्ष देखि सुरु गरिएको  भौतिक पुर्वाधार निर्माणको ४० प्रतिशत काम सकिएको छ । ३५ करोडको गूरु बनाई ५ बर्ष भित्र उद्यान संचालन गरिने छ । लुम्बिनी प्रदेशकै गौरवको आयोजनाका रुपमा रहेको उक्त योजना कृषि तथा पशु विज्ञान अध्ययन गर्ने प्रदेशका  एक हजार विद्यार्थीलाई अध्ययन अनुसन्धान गर्न सहयोग पुग्ने उद्यान स्थल रहेको घोराही उप–महानगरपालिका –१२ अध्यक्ष राजेन्द« बुढा बताउँनु हुन्छ ।पिकनिक स्पष्ट देखि,कृतिम जालाशय सम्म निर्माण भैसकेको उक्त स्थानमा पर्यटक भित्त्राउँन ढुङ्गा संचालन गर्ने तयारी गरिएको छ । यस्तै उद्यानको दक्षिण भागमा ३ सय मिटर अग्लो बुद्धको मुर्ति र घण्टाघर यसै बर्ष निर्माण हुने कतिपय जानकार बताउँछन् । यसोत उद्यानमाटिमुर,गुर्जाे,बर्राे,साल,साज, खएर,सुगन्ध कोकिला, लगाएतका विभिन्न प्रजातिका विरुवा रोपिएको छ । यो संगै विद्यार्थीलाई जडिबुटी र फलफुलको अध्ययन गर्ने सहयोग पुग्ने छ ।
 


You need to login to write a comment!

comments

Top