Joshilopost
२०७७ मंसिर १९, शुक्रबार


महिला विश्वकप क्रिकेटः अष्ट्रेलिया फाइनलमा, वेष्ट इन्डिज आउट


महिला विश्वकप क्रिकेटः अष्ट्रेलिया फाइनलमा, वेष्ट इन्डिज आउट

टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको सेमिफाइनल खेलमा आयोजक वेष्ट इन्डिजलाई पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार विहान भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियाले वेष्ट इन्डिजलाई ७१ रनले पराजित गर्दै उपाधिबाट एक कदम पछि मात्रै रहेको हो । १४३ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले १७.३ ओभरमा सबै विकेटको क्षतिमा ७१ रन मात्रै बनाउन सक्यो ।

वेष्ट इन्डिजका कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । उसका लागि कप्तान स्टाफनीई टाइलरले १६ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत बनाउन सकेनन् । वेष्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका इलिसी पेरी, डेलिस्सा किमिन्स र अश्लेइघ गार्डनरले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । अष्ट्रेलियाका लागि अलिसा हेयलीले ४६ रन बनाएकी थिइन् भने कप्तान मेघ लनिङले ३१ रनको योगदान दिएकी थिइन् ।

फाइनलमा अब उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग अष्ट्रेलियाले प्रतिस्पर्धा गर्ने छ । अहिले दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीचको खेल भई रहेको छ ।

 


You need to login to write a comment!

comments

Top