Joshilopost
२०७७ मंसिर १७, बुधबार


बजारमा ब्रजेशको ‘साइड हिरो’


बजारमा ब्रजेशको ‘साइड हिरो’

लेखक ब्रजेश खनालको ‘साइड हिरो’ नामक संस्मरणात्मक बजारमा आएको छ । मनोरञ्जनको क्षेत्रमा आफूले बिताएका तीन दशक लामो अनुभवलाई लेखक खनालले आफ्नो पुस्तक ‘साइड हिरो’ मा समावेश गरेका छन् ।

रेडियो, टेलिभिजन र सिनेमा क्षेत्रमा काम गरेर संगालेका तिता–मिठा अनुभवलाई एकीतृत गरेर पुस्तकको रुप दिइएको लेखक खनालले बताएका छन् । पुस्तकमा उनले बिताएका तीन दशकका रमाइला क्षण, रमाइला व्यक्ति, मनोरञ्जन, रमाइलो र अप्ठ्याराहरुलाई ठाउँ दिएका छन् ।

आफ्नो जीवन अनुभवलाई साइड हिरोको दृष्टिकोणबाट प्रस्तुत गरेर लेखकले संस्मरण लेखनको पद्दतिमा नयाँ ढाँचा निर्माण गरेका छन् । लेखन शैलीका कारण पुस्तक निकै रोचक छ ।

पुस्तकका बारेमा लेखक खनाल भन्छन्, ‘यो पुस्तक नितान्त मेरो व्यक्तिगत अनुभव र भोगाइमा आधारित छ । यसमा आफ्ना उपलब्धिहरु र आफूले गाडेका झण्डाहरु होइन, आफूले गर्न नसकेका र असफलताका कथाहरुलाई बढी समेट्ने प्रयास गरेको छु ।’

पुस्तकले मनोरञ्जन क्षेत्रका सजिला र अप्ठ्याराहरु बुझ्न चाहनेहरुका लागि थोरै भए पनि मद्दत पु¥याउँने उनले बताए । लेखकका यसअघि ‘यायावर’ र जूनेली उपन्यास प्रकाशित भइसकेका छन् । उपन्यास सा‌ंग्रिला बुक्सले बजारमा ल्याएको हो ।


You need to login to write a comment!

comments

Top