Joshilopost
२०७७ मंसिर १७, बुधबार


महाकालीका उत्कृष्ठ करदाता सम्मानित


सुदूरपश्चिम प्रदेश महाकाली अञ्चलका उत्कृष्ठ करदाता सम्मानित भएका छन् । शुक्रबार आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले सातौँ राष्ट्रिय कर दिवस–२०७५ का अवसरमा उत्कृष्ठ करदातालाई सम्मान गरेको हो ।

चार जिल्लाका चार उत्कृष्ठ केदार जनरल स्टोर कञ्चनुरका सञ्चालक लवदेव पाण्डे, कल्पना मार्केटिङ्ग डडेल्धुराका सञ्चालक जयन्ती जोशी(पाण्डेय), ग्वालेक निर्माण सेवा प्रालि बैतडीका सञ्चालक शुरेन्द्र चन्द र ठगुन्ना जनरल स्टोर दार्चुलाका सञ्चालक हरक सिंह ठगुन्नालाई सम्मान गरेको हो ।

उनीहरुलाई आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्मा, कञ्चनपुर भन्सारका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारी र कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्लले खादा ओढाएर प्रमाण पत्र प्रदान गरेका थिए ।

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका कर अधिकृत टेकराज थापाले करदाताको हौसला प्रदान गर्नका लागि सम्मान गरेको बताए । उनका अनुसार केदार जनरल स्टोर कञ्चनुरका संचालक पाण्डेले १५ लाख, एक हजार सात सय १५, कल्पना मार्केटिङ्ग डडेल्धुराका सञ्चालक जयन्ती जोशीले चार लाख, ९८ हजार तीन सय ४७, ग्वालेक निर्माण सेवा प्रालि बैतडीका संचालक चन्दले २२ लाख, ६० हजार, आठ सय ३५ र ठगुन्ना जनरल स्टोर दार्चुलाका संचालक हरक सिह ठगुन्नाले १० लाख, ६८ हजार, पाँच सय २० रुपैयाँ कर बुझाएका हुन् ।

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्य भन्दा बढि आन्तरिक राजस्व संकलन गरेको जनाएकाे छ । कर अधिकृत थापाका अनुुसार चालु आर्थिक वर्षको कार्तिक महिनासम्म ६८ करोड, ९७ लाख, ४७ हजार राजस्व संकलन भएको छ ।

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले आयकर, हउस रेन्ट, ब्याज, मुल्य अभिबृद्धिकर, स्वास्थ्य शिक्षा लगायतबाट कर संकलन गरेको हो । कर संकलनका लागि कार्यालयले कर अभिबृद्धि कार्यक्रम सञ्चालन गरेपछि व्यवसायी कर तिर्न उत्प्रेरित भएका थिए ।


You need to login to write a comment!

comments

Top