Joshilopost
२०७७ मंसिर १७, बुधबार


लागूऔषधसहित दुई पक्राउ


ठूलो परिमाण लागु औषध सहित शुक्रबार प्रहरीले दुईजनलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सुकेधाराबाट लागुऔषध १९६५ नाईट्रोजेपाम ट्याब्लेटसहित बुढानिलकण्ठ नगरपालिका ११ आकासेधाराका २७ वर्षीय बिबेक कटुवाललाई पक्राउ गरेको हो ।

त्यसैगरी सर्लाही हरिवनका २७ वर्षीय गोबिन्द राउत कुर्मीलाई १०५० ट्याब्लेट नाईट्रोजेपाम, स्पास्मो प्रोक्सिभन १४४ क्याप्सुल र कोडीन ५ बोतलसहित पक्राउ गरेको छ । बरामद लागुऔषधको अनुमानित बजार मूल्य दुईलाख ५० हजार पर्ने प्रहरीले जनाएको छ ।


You need to login to write a comment!

comments

Top