Joshilopost
२०७७ मंसिर १७, बुधबार


भोटको ओत : टिनका छाना पाएपछि बिपन्न परिवार खुसी


भोटको ओत : टिनका छाना पाएपछि बिपन्न परिवार खुसी

जनता आवास कार्यक्रम अन्तरगत ‘खरका छाना मुक्त’ अभियान अहिले जिल्लाका सवै स्थानीय तहमा संचालनमा छ ।  यो २०७४ सालका तीन वटै चुनावको प्रमुख एजेण्डा हो । त्यही भनेर विपन्न परिवारसँग भोट माग्ने जनप्रतिनिधी र सांसदले अहिले चुनावी वाचा पुरा गर्ने दौडानमा छन् ।

स्थानीय तहको प्राथमिकतामा जनता आवास
जनता आवास कार्यक्रम अन्तरर्गत खरका छाना हटाएर टिन लगाउने अभियान जिल्ला प्राय स्थानीय तहको प्राथमिकतामा परेको छ । सोही कार्यक्रमको लागि गत आर्थिक वर्षमा धुर्कोट गाउँपालिकाले एक करोड ४५ लाख बजेट बिनियोजन गरेको थियो । जसबाट पाँच सय घरधुरीमा टिनको लागेको गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए । यो वर्ष १० लाख बजेट बिनियोजन भएको छ । त्यसबाट एक सय ५० घरधुरीले टिन पाउने पोखरेलले बताए ।

त्यस्तै मदाने गाउँपालिकाले एक करोड बिनियोजन गरि करिव तीन सय घरलाई टिनका पाता उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए । त्यस्तै मालिका गाउँपालिकाको एक हजार ५७ घर मध्ये गत वर्ष तीन सय ६७ घरमा टिन लगाएको थियो । यो वर्ष डेढ करोड बजेट बिनियोजन गरि बाँकी घरमा टिन वितरण गरिने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । मुसिकोट नगरपालिकाले गत वर्ष दुई सय ५३ घरमा टीनका छाना लागउन ५५ लाख बिनियोजन गरेर काम सम्पन्न गरिसकेको छ । भने यो वर्ष थप दुई सय घरमा टिनका पाता वितरण गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत घनश्याम न्यौपानेले बताए ।

नमुना तथा बस्ती सुधारमा मुसिकोट
मुसिकोट नगरपालिकाले जनता आवास कार्यक्रमसँगै बस्ती सुधारको क्षेत्रमा पनि काम गरेको छ । जस अनुसार मुसिकोट नगरपालिका ९ ददल्का उर्लेनीमा खरका छाना हटाएर टीनका छाना लगाउने, विपन्न परिवारको जिर्ण घर मर्मत गर्ने, स्वास्थ्य र शिक्षा सम्बन्धि कार्यक्रम संचालन गर्ने तथा कृषि र उद्यमलगायत आयआर्जनका कार्यक्रम संचालन गरेको नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए ।

त्यस्तै आगोले ध्वस्त वडा ४ को दजाकोटमा पुर्ननिर्माण भइरहेका ५७ घरलाई नगरपालिकाले प्रत्येक परिवार एक/एक लाख सहयोग उपलब्ध गराएको सापकोटाले बताए । साथै नमुना होमस्टेका रुपमा विकास गर्न दजाकोटमा यसै वर्षदेखि सुरु गरिने नगरपालिकाले जनाएको छ ।

त्यस्तै वडा नं ६ को कुर्घाको गुरुंगगाउँ होमस्टेलाई प्रर्वदन गर्न १० घरमा सोलार, गोठ सुधार, टिनका पाता तथा अन्य आवश्यक सामग्री प्रदान गरिएको मेयर सापकोटाले बताए । साथै एकिकृत बस्ती निर्माण अन्तरर्गत मुसिकोट नगरपालिका ५ आँपचौरको हात्तिगौडालाई स्थान्तरण गर्ने कार्यक्रम समेत रहेको छ । टाढा र असुरक्षित बस्ती भएकाले विकास पुर्‍याउन समेत मुस्किलन परेकाले फाँटमा एक÷एक रोपनी जग्गा र घर छाउने टिन उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।


You need to login to write a comment!

comments

Top