Joshilopost
२०७७ मंसिर १७, बुधबार


छापामा आजः १० किलो चामल किन्न वडा र गाउँपालिका अध्यक्षको सिफारिस, सीडीओको तोक !


छापामा आजः १० किलो चामल किन्न वडा र गाउँपालिका अध्यक्षको सिफारिस, सीडीओको तोक !

संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठान गरेका छन् । नेकपाका  केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई बुधबार बुझाएको ज्ञापनपत्रबारे चासो राख्दै आजका सबै पत्रिकाहरुले समाचार लेखेका छन् । तत्काल केन्द्रीय समिति बैठक माग गर्दै नेकपाका माधवकुमार नेपालनिकट २१ केन्द्रीय सदस्यले ज्ञापनपत्र बुझाएका हुन् ।

सरकारको कामबाट प्रधानमन्त्री केपी शर्मा ओली स्वयं नै असन्तुष्ट भएकोलाई पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् । बुधबार सुरु सरकारको चौमासिक समीक्षा बैठकमा पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयको पहिलो चौमासिक प्रतिवेदन हेरेपछि प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले मन्त्री र सचिवलाई सुध्रिन सुझाउँदै अवस्था उस्तै रहे कडा कदम चाल्ने चेतावनीसमेत दिएका छन् ।

पत्रपत्रिकाकै पहिलो पृष्ठमा गोली हानी सुनसरीमा १ व्यक्तिको हत्या भएको, प्रहरी एकेडेमी साने निर्णय पुरानै भएको, सानोठिमी क्याम्पसको १३ रोपनी जग्गा कौडीको भाउमा भाडामा लगाइएको, कांग्रेस विधानमा सहमति जुटाउने प्रयास विफल भएकोलगायत समाचार छन् ।

‘अनलाइन समाचारः विद्युत्तीय अपराध ?’ शीर्षक दिएर अनलाइन समाचारमा बढ्दो प्रहरी हस्तक्षेपमाथि मुख्य समाचार बनाएको नयाँ पत्रिकाले सरकारका कामबाट स्वयं प्रधामन्त्री असन्तुष्ट बनेको लेखेको छ । मन्त्री र सचिवको कामबाट असन्तुष्ट प्रधानमन्त्रीले नसुध्रिए कडा कदम चाल्ने चेतावनी नै दिएका छन् ।

हुम्लाका जनताले १० किलो चामल किन्न वडा र गाउँपालिका अध्यक्षको सिफारिस लिनुपर्ने सम्बन्धी खबरलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा महत्त्वका साथ छापेको छ । समाचार अनुसार, चामल किन्न वडा र गाउँपालिका अध्यक्षको सिफारिसले मात्रै नपुगेर सीडीओको समेत तोक लगाउनुपर्छ ।

हुम्लाका बासिन्दाले वडादेखि सीडीओसम्म तोक आदेशपछि मात्रै चामल खरिद गर्न पाउने नियम बनेको लामो समय भइसकेको छ । साउनदेखि चामल खरिद गर्न नपाएका उनीहरुले १ मंसिरमा पाएका छन् । त्यो पनि सबै हुम्लाबासीले भने होइन । विवाह, व्रतबन्ध, सुत्केरी, बरखी र मृत्युलगायत शीर्षक छुट्याइएका छन् । उनीहरुले मात्रै सिफारिसमा चामल पाएको खाद्य संस्थानलाई हवाला दिँदै नयाँ पत्रिकाले खबर लेखेको छ ।

कान्तिपुरले सानोठिमी क्याम्पसको १३ रोपनी जग्गा भाडामा लगाइएकोसम्बन्धी समाचारलाई आज प्रमुख बनाएर छापेको छ । समाचार अनुसार, यो क्याम्पसको १३ रोपनी जग्गा प्रतिरोपनी मासिक ५ सय ९७ रुपैयाँ भाडा लिनेगरी १० वर्षका लागि दिइएको छ ।

भूकम्पमा स्थानीयले आश्रय लिएको १३ रोपनी जग्गा रेस्टुरेन्ट र क्याटरिङ सञ्चालन गर्न आवश्यक संरचना बनाउने गरी टेन्डर प्रक्रिया पूरा गरेर प्रााणनाथ क्याफेलाई दिइएको समाचारमा उल्लेख छ ।

कान्तिपुरमै नेकपामा विवाद चुलिएकोदेखि कार्यशैली सुधार्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीले सुझाव दिएकोसम्मका खबर छन् ।

नागरिकमा केपी ओली सरकारको नौ महिनाको समीक्षा छ ।

नागरिकले सरकारको समीक्षा गर्दै लेखेको छ– २०५१ मा बनेको मनमोहन अधिकारीको सरकार अल्पमतको थियो । यसको करिब २४ वर्षपछि अहिले दुई तिर्हाइ बहुमतको केपी ओली नेतृत्वमा सरकार बनेको छ । सबै दातृ निकायले यसलाई विश्वास गर्छन् । विडम्बना, यही बेला नेपालमा लगानीको वातावरण खस्केको भन्दै विश्व बैंकले आफ्नो प्रतिवेदनमा ५ अंक झारेको छ ।’

सरकारको समीक्षासँगै गोली हानी सुनसरीमा एक जनाको हत्या भएको, निर्मला पन्तको हत्यारामाथि काबराही माग गर्दै आयोजना गरिएको धर्ना अन्योलमा परेको खबर पनि नागरिकको पहिलो पृष्ठमा छ ।

राष्ट्रिय खेलकुद परिषद्को अथाह जग्गा दुरुपयोगबारे अन्नपूर्णले मुख्य समाचार लेखेको छ भने गोरखापत्रले प्रहरी एकेडेमी सार्ने निर्णय पुरानै भएकोलाई एंकर बनाएको छ ।

राजधानीमा एमाले र कांग्रेसभित्रको कचिंगलसँगै कर्मचारीको विदेश भ्रमण मोहबारेका समाचार छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज


You need to login to write a comment!

comments

Top