Joshilopost
२०७७ मंसिर १७, बुधबार


अध्यक्ष प्रचण्डले कार्यकर्तालाई सम्बोधन गर्ने

नेकपा दाङको प्रशिक्षण तुलसीपुरमा


अध्यक्ष प्रचण्डले कार्यकर्तालाई सम्बोधन गर्ने

दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम तुलसीपुरमा हुने भएको छ । पार्टी एकतापछि पहिलो पटक दाङमा हुने लागेको कार्यकर्ता प्रशिक्षणलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नु हुने भएको छ । अध्यक्ष प्रचण्डले पार्टी  कार्यकर्ताहरुलाई बैचारिक र राजनैतिक बिषयमा प्रशिक्षण दिने नेकपा दाङका ईन्चार्ज जीवन गौतमले जानकारी दिनुभयो । तुलसीपुरको दोघरेमा हुने बृहत कार्यककर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन इञ्चार्ज गौतमले सबैमा आग्रह गर्नुभयो  ।

अध्यक्ष प्रचण्ड  पार्टीको   नीति बिचार, आसन्न उपनिर्वाचन लगायतका विषयमा केन्द्रित हुने उहाँले उहाको भनाई छ। । अध्यक्ष प्रचण्ड सहित पाँच नं. प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य ,प्रदेश कमिटी सदस्य ,प्रदेश सल्लाहकार ,जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य पार्टीका जिल्ला कमिटी ,गाउँ,नगर र उप–महानगर कमिटी ,वार्ड कमिटी अध्यक्ष र सचिब जनप्रतिनिधि तर्फ पालिका सदस्य ,जबस रमोर्चा तर्फ केन्द्रिय सदस्य ,प्रदेश सदस्य र जिल्ला  कार्यदल सदस्य र अन्य अगुवा कार्यकर्ता सहभागी हुने उहाँले जानकारी दिनुभयो ।


You need to login to write a comment!

comments

Top