Joshilopost
२०७७ मंसिर १७, बुधबार


जोसिलो पोष्टको उद्घाटन

रोल्पा रुकुम जोड्ने प्रमुख नाका


जोसिलो पोष्टको उद्घाटन

दाङ ।जोसिलो पब्लिकेशन प्रा.ली.द्धारा संचालित जोसिलो पोष्ट डटकम  डिजिटल पत्रिकाको शुभारम्भ गरिएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिजिटल पत्रिकाको शुभारम्भ गर्नु भएको हो । जनयुद्धको समयमा तत्कालीन नेकपा माओवादीले सेल्टरको रुपमा प्रयोग गर्दै आएको ठाउँलाई नामाकरण गरी पत्रिका संचालन गरिएको पत्रिकाका सम्पादक तथा प्रकाशक जनक नेपालीले जानकारी दिनुभयो ।

जनयुद्धको समयमा नेकपा माओवादीले रोल्पा रुकुम जोड्ने प्रमुख नाकाका रुपमा जोसिलो पोष्टलाई प्रयोग गर्दै आएको थियो । यो नाका जनयुद्धको आधार क्षेत्र र हेडक्वाटर सम्म जोड्ने मुख्य प्वाईन्टका रुपमा रहको नेकपाका केन्दि«य सदस्य एवं दाङका सह–ईन्चार्ज हेमराज शर्मा ‘डायमण्ड’ले जानकारी दिनुभयो ।

जनयुद्धलाई अगाडी बढाउँनलाई यो स्थान र यसक्षेत्रका स्थानियहरुले ठुलो  र तपश्या गरेकोे शर्माले बताउँनुभयो । युद्धका बेला सेना र प्रहरीले जोसिलो गाउँका  स्थानियलाई कुटपीट गर्नुका साथै आगजनी गरी सयौ गाउँलेहरुलाई समेत लखेटेको थियो । दाङको घोराहीबाट प्रकाशन सुरु गरेको पत्रिकाले समानता र समृद्धिका लागि भुमिका खेल्ने सम्पादक जनक नेपालीले बताउँनुभयो ।
 


You need to login to write a comment!

comments

Top