Joshilopost
२०७७ मंसिर १९, शुक्रबार


नेकपाले घोराही १६ मा  चुनाव जित्ने रणनीति यस्तो बनायो   

प्रचार प्रसार सुरु 


नेकपाले घोराही १६ मा  चुनाव जित्ने रणनीति यस्तो बनायो   

दाङ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा ले घोराही उपमहानगरपालिका–१६ को निर्वाचनमा पार्टीका सबै नेता कार्यकर्तालाई परिचालन गरेको छ ।निर्वाचन परिचालन कमिटीको  बैठकले वडाका ३७  टोलमा  जनपरिचालन गर्ने निर्णय गरेको हो ।नेकपाका तर्फबाट सुरेशबहादुर केसीले उम्मेदवारी दर्ता गरेपछि नेकपाको सिङ्गो केन्द्रिय कमिटि परिचालन भएको हो । जिल्ला सचिव तथा निर्बाचन परिचालन कमिटीका संयोजक सुवास पुनको अध्यक्षतामा बसेको बैठकले साबिकका वडामा बेग्ला बेग्लै संयोजक समेत तोकिएको छ ।

जसमा जिल्ला कार्यालयका सदस्य अजयदीप शर्मा र सुरामणि बेल्वासेलाई वडाको जिम्मेवारी दिएको छ । बैठकले जिल्ला सचिवालय सदस्यहरुलाई पनि वडामा खट्नका लागि निर्देशन दिदै जिम्मेवारीसमेत दिएको छ ।बैठकले जिल्ला सदस्य, जिल्ला सल्लाहकार, प्रदेश सल्लाहकार, प्रदेस कमिटीका सदस्यलाई पनि जिम्मेवारी प्रदान गरेको छ । बैठकमा नेकपाका केन्द्रीय सदस्यहरु हेमराज शर्मा डायमण्ड  निर्मल आचार्य, प्रदेश सांसद अमरबहादुर डाँगी, प्रदेश कमिटी सदस्यहरु शिवकुमार आचार्य, लक्ष्मण आचार्य, लुमाकान्त न्यौपाने, घोराही उपमहानगरपालिकाकी उपमेयर तथा प्रदेश सदस्य सिता सिग्देल न्यौपाने, प्रदेश सदस्य तुलसा केसी, नेकपाका नेता मेघबहादुर विसीले बोल्नुभएको थियो । यसैगरी नेपाली काँग्रेसले पनि चुनावी कार्यक्रमलाई तिव्रता दिएको जनाएको छ ।त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डिसीले पनि घरदैलो थाल्नुभएको छ । उहाँले आज बयर बटुवा लगायतका क्षेत्रमा घरदैलो गर्नुभएको हो ।


You need to login to write a comment!

comments

Top