Joshilopost
२०७७ मंसिर १९, शुक्रबार


शहिद स्मृति विद्यालयको चारकोठो भवन निर्माण 

४० लाख लागतमा निर्माण


शहिद स्मृति विद्यालयको चारकोठो भवन निर्माण 

 

दाङ । शहिद स्मृति विद्यालय मानपुरमा निमार्णाधीन चारकोठे भवनको निर्माण भएको छ ।  प्रदेश सरकारलेको ४० लाख  लागतमा निर्माण गरिएको भवनको पाँच न. प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले  उद्घाटन गर्नु भएको थियो । । भवन निर्माणसंगै शहिद,वेपत्ता अपाङ् परिवारका करिब ५ सय विद्यार्थीलाई पढ्नमा सहयोग पुग्ने भएको छ ।  भवन अभाव हुदा पढ्न समस्या भएपछि प्रदेश सरकारले भवन निर्माणका लागि सहयोग गरेको हो । दाङ सहित १५ जिल्ल्ला विद्यार्थीहरु बिद्यार्थीले अध्ययन गर्दै आएका छन् ।  भवन उद्घाटन गर्दै मन्त्री बरालले विद्यार्थीको पठन पाठनका लागि प्रदेश,सघीय र स्थानिय सरकारले सहयोग गरेको वताउँनुभयो ।
 


You need to login to write a comment!

comments

Top