आफैंले गाएको गीतको म्युजिक भिडिओमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छन्। स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडिओमा पछिल्लो समयकी हिट गायिका राजेश हमालसँग देखिएकी हुन्।भिडिओले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ। भिडिओमा राजेश हमाल पत्रिका पुर्याउने ‘हकर’को भूमिकामा देखिएका छन्। सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ। सुनिल क्षेत्रीको कथारकन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडिओ नवराज उप्रेतीले खिचेका हुन् भने सरोज ओलीको निर्देशनमा बनेको हो।
https://www.youtube.com/watch?v=tNDw9DG8wig