Joshilopost


सोमबार देखि मौसम सुधार आउँने 

हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना


सोमबार देखि मौसम सुधार आउँने 

काठमाण्डौ ।दुई दिनदेखि जारी पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बद्लीसँगै वर्षा तथा हिमपात गराएको छ । सो मौसमी प्रणालीको प्रभावले केही उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ महाशाखाले नेपालमा न्यूनचापीय वायुको प्रभाव कायमै रहेको जनाएको छ ।आज दिउँसो देशको पश्चिमी क्षेत्र तथा मध्य र पूर्वी पहाडी भेगमा सामान्य बदली रहनेछ भने बाँकी भेगमा आंशिक बदली तथा पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । भोलिदेखि देशको केही पहाडी भेगमा आंशिक बदली रहे पनि अधिकांश भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।।


You need to login to write a comment!

comments

Top