Joshilopost


दोब्बर भाडा अशुल्ने एम्बुलेन्स चालक पक्राउ


दोब्बर भाडा अशुल्ने एम्बुलेन्स  चालक पक्राउ

दाङ । बिरामीबाट दोब्बर बढी भाडा असुल्ने एम्बलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लमहीबाट तुलसीपुरसम्मको भाडा ३५ सय रुपैयाँ  दूरीमा दोब्बर बढी भाडा लिएको पाइएपछि एम्बुलेन्स कारबाहीमा परेका हुन ।लमहीबाट तुलसीपुर गएको सात हजार रुपैयाँ बिरामीबाट भाडा लिने कृपा पोलि क्लिनिक एण्ड मेडिकल हलको रा १ च ८२५ नम्बरको एम्बुलेन्सलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।एम्बुलेन्सले बिरामी भन्दा पनि यात्रु बोकेको जनगुनासो बढ्न थालेपछि ट्राफिक प्रहरीले एम्बुलेन्स जाँच गर्न थालेको हो ।सोही क्रममा एम्बुलेन्सले बिरामीबाट बढी भाडा लिएको पाईएपछी एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा बुझाइएको ट्राफिक प्रमुख प्रेम रेग्मीले जानकारी दिनुभयो । 


You need to login to write a comment!

comments

Top