कैलाली । कैलालीको धनगढीमा ‘दैलोमै दबाई’ अभियान सुरु गरिएको छ । अभियानमा बोलन्या थलीले ड्रोनमार्फत घर–घरमा औषधि पु¥याउन थालिएको छ । क्यान फारवेष्टसँगको समन्वयमा ड्रोन मार्फत नै बिरामीको घरमै औषधी पुगाउन थालिएको बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिनुभयो ।लकडाउनको यो बेला अत्यावश्यक औषधिको समस्या झेल्दै आएका बिरामीलाई घरमै पुगेर निःशुल्क औषधि दिइरहेको भनाई छ।हातमै औषधी दिँदा कोरोनाको जोखिम बढ्ने भन्दै ड्रोनमार्फत घरमै औषधि दिने व्यवस्था मिलाएको जोशीको भनाई छ। जिल्ला प्रशासन कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाबाट अनुमति लिएर यस्तो अभियान सुरु गरिएको उहाँको भनाई छ । बुधवारबाट सुरु गरिएको अभियानको सुरुमा फुलवारीका दुई र जालीका एक जनाको घरमा औषधी घर पुराइएको जोशीले जानकारी दिनुभयो ।