दिल्ली । भारतमा कोरोनाभाइरस फैलिन नदिन लगाइएको लकडाउनको अवधि थप्ने पक्षमा प्रधानमन्त्री नरेन्द्र मोदी रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनु भएको छ ।शनिवार प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गर्नु भएको छ । जसका क्रममा धेरै मुख्यमन्त्रीहरूले मानिसहरूको हलचलमा प्रतिबन्ध लगाउने कार्य जारी राख्नु पर्ने सुझाव दिएका थिए।दिल्लीका मुख्यमन्त्री केजरीवालका अनुसार आउने बिहीवारसम्म जारी रहने भनिएको लकडाउनको अवधि थप गर्न प्रधानमन्त्री मोदी सहमत भएको थिए।तर उनले त्यसबारे थप जानकारी दिएनन्।महाराष्ट्र राज्यले ३० एप्रिल सम्म लकडाउनको अवधि बढाउने निर्णय गरिसकेको बीबीसी हिन्दीले जनाएको छ।