Joshilopost


बेलझुण्डी रंगशाला  निर्माणको काम सकियो


बेलझुण्डी रंगशाला  निर्माणको काम सकियो

दाङको बेलभुण्डी रंगशाला दुईअधि शिलन्यास भएर निर्माणको काम सुरु भएको हो   । रंगंशालाको भि.आई.पी. प्याराफिट भित्र,कार्पेटिङ,वायरिङ, ईन्टरनेट जडानको सम्पूर्ण काम पुरा भैसकेको छ । काम सकिएसंगै निर्माण कम्पनीले रंगशाला हस्तान्तरको  तयारी गरेको छ । कोरोनाका कारण कुनै खेल नहुदा निर्माणको काम समयमै सकिएको हो । यो रंगशाला २४ करोड २४ लाख  तयार भएको हो ।सेन्टे«थिक ट्र¥याक सहितको भि.आई.पि.प्याराफिटमा खेलाडीका लागि चेन्जिङ रुम,रेफ्री रुम र मिडिया सेन्टर निर्माण गरिएको खेलकुद बिकास दाङका  पूर्व अध्यक्ष डिल्ली डाँगीको भनाई छ । फिफाको मापदण्ड अनुसार निर्माण  भएको रंगशालामा लगाईएको दुबो भारतको कोलकत्ता र भि.आई.पी. प्याराफीटका चाहिने सामग्री भने चीनबाट ल्याईएको हो । रंगशालाको पश्चिम भागमा रहेको भि.आई.पी. प्याराफिटमा ४सयसिट रहेका छन भने पूर्वभागमा दर्शकका लागि साधारण प्याराफिट निर्माण गरिएको छ। काठमाण्डौ,पोखरा,नेपालगंञ्ज पछि दाङमै  अत्याधुनिक ंरगशाला बनेपछि खेलाडीहरु खुशी भएको खेलाडी कैलाश रोकाको भनाई छ । घाँसे मैदानमा खेलको अभ्यास गदै आएका खेलाडी  सेन्ट्रेथिक ट्र¥याक सहितको रंगशाला निर्माण हुदा जिल्लाको खेलकुदमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ । यो संगै अब दाङमै राष्ट्रिय प्रतियोगिता गर्न सकिने  पुर्वाधार तयार भएको छ ।


You need to login to write a comment!

comments

Top