Joshilopost


सन्दीपले लिए दुई खेलमा चार विकेट


सन्दीपले लिए दुई खेलमा चार विकेट

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सारजहाँमा सञ्चालन भइरहेको टी–१० लिग क्रिकेट प्रतियोगितामा राम्रो प्रभाव पारेका छन् । केरला किंग्सबाट प्रतिनिधित्व गरिरहेका सन्दीपले दुई खेलमा चार विकेट लिइसकेका छन् । पहिलो खेलमा सन्दीपले सानदार डेब्यू गर्न सफल भए । उनले पोख्तोन्सविरुद्ध सनसनीपूर्ण रूपमा ३ विकेट लिए ।

सो खेलमा उनी म्यान अफ द म्याचसमेत भए । सारजहाँमा बिहीबार भएको दोस्रो खेलमा उनले सिन्धिजविरुद्ध एक मात्र विकेट लिए । संयोगवश केरलाले सिन्धिजले आउट गरेको एक मात्र ब्याट्सम्यान सन्दीपकै कारण सम्भव भएको थियो ।

फेरि कसिलो बलिङ
केरलाले सिन्धिजविरुद्ध पहिलो ब्याटिङ गरी १० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो । मध्यम योगफल रक्षा गर्न क्रिजमा ओर्लेको केरलाले ६ बलर प्रयोग गरेको थियो । तर,

केरलालाई सन्दीपबाहेक अन्य बलरले सफलता दिलाउन सकेनन् । सन्दीपले पुनः एकपटक उत्कृष्ट बलिङ गरे । पहिलो ओभरमा १० रन खर्चिएका सन्दीप आफ्नो दोस्रो व्यक्तिगत ओभरमा फर्ममा देखिए । उनले सो ओभरमा केवल ४ रन मात्र दिएर एक विकेट पनि हात पारे । न्युजिल्यान्डका युवा ब्याट्सम्यान अन्टोन डेभिचको विकेट लिएका हुन् । डेभिचले २० बलमा समान चार चौका र छक्का प्रहार गरी सर्वाधिक ४९ रन जोडे । यता सन्दीपले २ ओभरको कोटा पूरा गर्दा १४ रन मात्र खर्चिएका थिए । सो खेलमा सिन्धिजले ७.४ ओभरमा १ विकेटको क्षतिमा १ सय ४ रन बनाउँदै जित निकाल्यो ।

सन्दीप म्यान अफ द म्याच
केरलाले आफ्नो पहिलो खेलमा पोख्तोन्सविरुद्ध खेलेको थियो । पहिलो ब्याटिङ गरी पोख्तोन्सले ५ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । सन्दीपले पोख्तोन्सविरुद्ध कसिलो बलिङ गरेका कारण केरलाले सहज लक्ष्य पाएको हो । केरलाले २ विकेट गुमाएर लक्ष्य पूरा ग-यो । खेलमा सन्दीपले १७ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए । सन्दीपले आन्द्रे फ्रेचर, कोलिन इग्राम तथा मोहमद कलिमलाई क्रिजबाट हटाए ।


You need to login to write a comment!

comments

Top