दाङ ।पानीको मुहान संरक्षण गर्न घोराही उप–महानगरपालिकाले पोखरी निर्माण कार्यलाई अगाडी बढाएको छ । बर्षातको पानी पोखरी संङकलन गरी खानेपानीको श्रोत संरक्षण र सिचाई सुविधा पु¥र्याउँने उदेश्य राखी पोखरी निर्माण कार्यलाई तिव्रता दिएको हो । उप–महानगरपालिकाले आफ्ना १९ वटै वडामा एक/एक वटा पोखरी निर्माण गर्ने योजना बनाएको छ । आर्थिक बर्ष २०६६/०६७ देखि निर्माण कार्य थालेको कार्यालयले हाल सम्म १२ वडा पोखरी निर्माण गरिएको घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । पोखरी निर्माणका लागि कार्यालयले प्रत्येक बर्ष ३ देखि ४ करोड रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ ।
यस एक करोड लागतमा उप– महानगरपालिकाको वडा नं. १ को चेपेसोता २ को बलामपुर ७ को दुन्द«ा १० को ठाटीगाउँ , १२ को सिस्नेरी र वडा नं. १८ को गिठेपानीमा नयाँ पोखरी निर्माणको काम सुरु भएको छ । पोखरी निर्माणसंगै स्थानीयहरु गाउँले आय आर्जन सुरु गरेका छन । पोखरीबाट सिचाई हुन थालेपनि घोराही उप– महानगरपालिका १७ का स्थानीयहरुले १५ बिगाह जमिनमा तरकारी खेती सुरु गरेका हुन । किसानले करेला,काक्र्रा,बोडी लौका टमाटर लगाएतका विभिन्न तरकारी उत्पादन गरी मासिक ६० हजार रुपैयाँ सम्म आम्दानी गर्दै आएको छन ।
करिव तीन विगाह क्षेत्रमा फैलिएको पोखरीले गाउँको झण्डै तीन सय विगाह जमिनमा सिचाई सुविधा पुगेको छ । गाउँमा तरकारी खेति सुरु भएपछि विदेश गएका कतिपय युवाहरु गाउँ फर्किएर तरकारी खेतीमै लागेका छन् । जसका कारण परिवारको पालन पोषण र शिक्षा दिक्षामा सहयोग पुगोको स्थानीय गाउँलेहरुको भनाई छ ।