Joshilopost


सहिद परिवारको सम्मान 

सहिद सप्ताहको अन्तिम दिन


सहिद परिवारको सम्मान 

दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्षले सहिद सप्ताहको अन्तिम दिन फागुन आज घोराही ३ बेलुवास्थित सहिद पार्कमा उपमहानगरपालिकाभित्रका सहिद परिवारलाई सम्मान गर्ने भएको छ ।जनयुद्धका प्रथम सहिद दिलबहादुर रेम्तेल मारिएको २०५२ साल फागुन १४ गतेखि सुखानी हत्याकाण्ड भएको २०२९ फागुन २१ लाई समेटेर तत्कालीन माओवादीले हरेक बर्षको फागुन १४ देखि फागुन २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको थियो ।माओवादी र एमालेबीच एकता भएर बनेको नेकपाले पनि यसलाई निरन्तरता दिएको थियो ।

यो बर्ष दुई समूहमा बाँडिएका नेकपाका घटकहरुमध्ये प्रचण्ड–नेपाल पक्षले देशभरि सहिद सप्ताह मनाएको र दाङमा स्थानीय तहहरुमा सप्ताह मनाइएको सो पार्टीले जनाएको छ ।यसैक्रममा घोराही नगर समितिको आयोजनामा बेलुवामा सहिद परिवारलाई सम्मान गरिने नगर अध्यक्ष गेहेन्द्र बस्नेतले जानकारी दिनुभयो । २०१७ सालको किसान आन्दोनलमा मारिएका गुम्रा थारु, नेत्रलाल अभागी, जनयुद्धका सहिदहुँदै सहिद उमेशचन्द्र थापाका परिवारलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।नगरभरिका एक सय बढी सहिदका परिवारलाई सम्मान गर्ने कार्यक्रम राखिएको उपमहानगर सचिव प्रमोद शर्माले जानकारी दिनुभयो ।

अध्यक्ष बस्नेत र सचिव शर्माले संक्षिप्त प्रेस ब्रिफिङ गर्दै कार्यक्रमबारे जानकारी दिनुभएको हो ।साथै घोराही उमपहानगरले वडास्तरीय जनवर्गीय संगठनको भेलाहरु भइरहेको जनाएको छ । १३ वडामा महिला र युवाको भेला गरिएको जनाउँदै अध्यक्ष बस्नेतले विद्यार्थीको नगर सम्मेलन र दलित मुक्ति संगठनको नगर भेला गरिसकेको जानकारी दिनुभयो ।पार्टी एकतापछि पहिलोपटक हरेक वडामा एकता भेला गरिएको जनाउँदै उहाँले १९ वटै वडाको भेला सकेर नगर स्तरीय भेला र सम्मेलन गर्ने जानकारी दिनुभयो ।


You need to login to write a comment!

comments

Top