दाङ । शहिद स्मृति विद्यालय मानपुरमा निमार्णाधीन चारकोठे भवनको निर्माण भएको छ । प्रदेश सरकारलेको ४० लाख लागतमा निर्माण गरिएको भवनको पाँच न. प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले उद्घाटन गर्नु भएको थियो । । भवन निर्माणसंगै शहिद,वेपत्ता अपाङ् परिवारका करिब ५ सय विद्यार्थीलाई पढ्नमा सहयोग पुग्ने भएको छ । भवन अभाव हुदा पढ्न समस्या भएपछि प्रदेश सरकारले भवन निर्माणका लागि सहयोग गरेको हो । दाङ सहित १५ जिल्ल्ला विद्यार्थीहरु बिद्यार्थीले अध्ययन गर्दै आएका छन् । भवन उद्घाटन गर्दै मन्त्री बरालले विद्यार्थीको पठन पाठनका लागि प्रदेश,सघीय र स्थानिय सरकारले सहयोग गरेको वताउँनुभयो ।