Joshilopost


प्रतिष्ठानलाई  ५० सिलिण्डर अक्सिजन प्रदान,२५ बेडको आईसोलेशन थपियो । 


प्रतिष्ठानलाई  ५० सिलिण्डर अक्सिजन प्रदान,२५ बेडको आईसोलेशन थपियो । 

दाङ,बैशाख २३ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई अक्सिजन सिलिण्डर प्रदान गरिएको छ । प्रतिष्ठानका बिरामीलाई अक्सिजन अभाव हुदा  घोराही उपमहानगरपालिकाले ५० सिलिण्डर अक्सिजन ग्याँस प्रदान गरेको हो । उपमहानगरपालिका उपप्रमुख सिता सिग्देल न्यौपानेले प्रतिष्ठानका कार्यकारी निर्देशक प्रज्ञा बस्नेतलाई सिलिण्डर प्रदान गर्नु भएको हो । 
        प्रतिष्ठानमा अक्सिजन अभाव हुदा कोरोना संक्रमित बिरामीको उपचारमा समस्या हुदै आएको थियो । उपमहानगरपालिकाले अक्सिजन दिएपछि प्रतिष्ठानले २५ बेडको अक्सिजन सहितको आईसोलेशन थप गरेको  कार्यकारी निर्देशक  बस्नेतले जानकारी दिनुभयो । अस्पतालमा भरिएका र खाली गरी हाल १२० सिलिण्डर अक्सिजन ग्याँस छन् ।  

    प्रतिष्ठानमा थप अक्सिजन ग्यास प्राप्त भए १० बेडको आई.सि.यु र भेन्टिलेर  संचालन गर्ने तयारी गरिएको छ । कोरोना संक्रमित विरामीको उपचार गर्न बजेट अभाव देखिएपछि प्रतिष्ठानलाई ४५ लाख रुपैयाँ उपमहानगरपालिकाले सहयोग गरेको छ । हाल प्रतिष्ठानमा २६  जना कोरोना संक्रिमित बिरामीको उपचार हुदैछ ।            
     


You need to login to write a comment!

comments

Top