Joshilopost


खाली सिलिण्डर सङ्कलन अक्सिजन बैङ्क सुरु

अक्सिजनको अभाव


खाली सिलिण्डर सङ्कलन अक्सिजन बैङ्क सुरु

दाङ बैशाख २५ ।  कोरोना संक्रमित बिरामीका लागि अक्सिजनको अभाव देखिएपछि अक्सिजनका बैङ्क सुरु गरिएको छ । प्रत्येक व्यक्तिले घरमा जगेडा राखेको अक्सिजन सिलिण्डर संङकलन गरी दाङको तुलसीपुरमा अक्सिजन बैङ्क संचालन गरिएको हो । त्यसका लागि   तुलसीपुर उपमहानगरपालिकाले  चार लाख मुल्य बरावरको  अक्सिजन सिलिण्डर  खरिद गरी बैङ्क सुरु गरेको छ ।   बैङकमा  एकसय  सिलिण्डर जम्मा भएको छन  । बैङ्क मार्फत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही  र कोरोना बिशेष अस्पताल बेलझुण्डीका बिरामीलाई अक्सिजन उपलव्ध गराउँदै आएको  तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डले जानकारी दिनुभयो । 
    
 बैङ्क मार्फत सरकारी तथा निजी अस्पताल,होम आईसोलेसनका बसेका बिरामीलाई सम्बन्धित वडा अध्यक्षकेै रोहवरमा अक्सिजन उपलव्ध गराईने छ । सरकारले  अक्सिजन अभाव हुन नदिन घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट जडान निर्माणको  पहल थालेको छ । प्लान्टका  लागि आबश्यक पर्ने बजेट व्यवस्थापनको काम  सुरु भैसकेको छ । अक्सिजन बैङ्कका लागि विभिन्न व्यक्तिसंग भएका खाली सिलिण्डर सङ्कलनको काम भैरहेको दाङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नारायण भुषालको भनाई छ । अक्सिजन बैङ्कमा बिभिन्न व्यक्तिले खाली सिलिण्डर उपल्बध गराउँनेक्रम बढेको छ भने आर्थिक सहायता पनि प्रदान गर्दै आएका छन् । 
।  


You need to login to write a comment!

comments

Top