Joshilopost


प्रतिष्ठानमा अक्सिजन प्लान्टको प्रकृया सुरु  


 प्रतिष्ठानमा अक्सिजन प्लान्टको प्रकृया सुरु  

दाङ, जेठ ८ ।  अक्सिजन प्लान्ट जडान गर्न राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा आबश्यक प्रकृया सुरु भएको छ । कोरोना संक्रमितको दर बढ्दै जाँदा  प्रतिष्ठानमा प्लान्ट जडान गर्न सरकारले बजेट उपलव्ध गराउँदा आबश्यक  उपकरण खरिद गरिएको छ   । अक्सिजन प्लान्टको लागि  अर्थमन्त्रालयले ६ करोड ८० लाख रुपैयाँ बजेट निकासा गरेको छ । मन्त्रालयबाट बजेट प्राप्त हुदा जर्मन,स्पेन र स्वीजरल्याण्ड देखि प्लान्टको लागि चाहिने उपकरण खरिद गरी नेपाल ल्याउँने तयारी भैरहेको छ । आगामी एक महिना  भित्र ती उपकरण जडानगरी प्रातिष्ठानले कोरोनाका बिरामीलाई अक्सिजन उपल्बध गराउँने तयारी गरेको प्रतिष्ठानका उपकुलपति संगिता भण्डारीले जानकारी दिनुभयो ।
 
प्रतिष्ठानमा हाल  ४५ जना कोरोनाका संक्रिय बिरामी उपचारमा छन् । उनलाई दैनिक दुई देखि तीन सय सिलिन्डर अक्सिजन आबश्यक पर्दछ । आबश्यक अक्सिजन चितवन,भैरहवा,बुटवल र नेपालगंजबाट आपूर्ति भैरहेको छ । अस्पालमा रहेको दश शै्याको आइं.सी.यू बेड अक्सिजनको व्यवस्थापन गरी संचालन गरिने तयारी भएको उहाँको भनाई छ सरकारले समयमै बजेट व्यवस्थापन गरी प्रतिष्ठानमा अक्सिजन प्लान्ट जडान गर्ने कामले नागरिकमा उत्साह थपेको छ – भने अक्सिजन नपाएर छट्टपट्टिएका बिरामी  अकालमै हुने मृत्यु हुनबाट जोगिने  देखिन्छ ।
 
 


You need to login to write a comment!

comments

Top