Joshilopost


घरमै बसेका दुईसय कोरोनाका संक्रमित निको 

घोराही १४ को  चिकित्सक परामर्श 


घरमै बसेका दुईसय कोरोनाका संक्रमित निको 

दाङ जेठ ८ । चिकित्सकले  कोरोना संक्रमित बिरामीको घरमा गएर उपचार गरेका छन् । अस्पतालमा अक्सिजन र बेड नपाउँदा  होम आईसोलेशनमा बसेका घोराही १४ का  संक्रमित बिरामीको घरमै उपचार हुदै आएको छ  । वडा नं.१४ मा स्थायी घर भएका डाक्टर बसन्त पुन ,गिरबहादुर महरा (रोदन) स्वास्थ्यकर्मीहरु,राधा पौडेल, खिमा भुषाल, प्रभा पुन, तुलसी पुन र  देवा योगी, संक्रमित घरमै पुगी उपचार गर्दै आउनु भएको छ ।  

स्थानिय निकाय, बिभिन्न अस्पतालमा कार्यरत डाक्टर र स्थानिय स्तरमै  रहेका स्वास्थ्यकर्मीले  स्वस्पूmर्त रुपमा यो अभियान सुरु गरेका हुन । जिल्लाका कोभिड अस्पतालले अक्सिजन अभाब भन्दै बिरामी भर्ना लिन नमान्दा होम आईसोलेशनमा बसेका बिरामीको अकालमै मृत्यु हुन थालेपछि चिकित्सक  सहितको सेवा सुरु गरेको घोराही उपमहानगरपालिका बिपत्त व्यवस्थापन समितिका संयोजक एवं घोराही १४ अध्यक्ष शक्तिराम डाँगी बताउँनु हुन्छ ।

डाक्टरले प्रत्येक दिन १० देखि १५ जना बिरामीलाई भेटेर उनिहरुको स्वास्थ्य चेकजाँच गर्दै आएका छन् ।हाल सम्म एकसय बिरामीको स्वास्थ्य जाँच गरिएको छ ।त्यस बाहेक प्रत्येक दिन भर्चुअल,भाइवर,म्यासेन्जर,फेसबुक र फोन मार्फत ७ सय  बिरामीलाई काउन्सिलिङ गर्ने र औषधी खुवाउँने काम अनलाईन मार्फत हुदै आएको छ । हाल सम्म दुईसय संक्रिय संक्रमितले समयमै डाक्टरको परामर्श पाउँदा होम आईसोलेसनमा बसेका एकै परिवारका पाँच सदस्यले कोरोना जितेको घोराहीका सुर्दशन पौडेलेको भनाई छ । यसोत यो अभियान सुरु हुदा धेरै कोरोना संक्रमित बिरामीले नयाँ जीवन पाएका छन् भने अकालमै मृत्युको मुखमा पुगेकाहरु पनि जोगिएका छन् ।

 
 


You need to login to write a comment!

comments

Top