Joshilopost


वाइसिएलको रक्तदान 


वाइसिएलको रक्तदान 

दाङ । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल घोराही वडा नम्बर १८ को आयोजनामा रक्तदान गरिएको छ ।कोरोना संक्रमणका कारण रगत अभाव हुन नदिन रक्तदान गरिएको हो ।१४ जना युवाहरुले रक्तदान गरेका छन् । रक्तसञ्चार सेवा केन्द्र घोराहीमा पुगेर कुशल बुढा, सुरश बुढा, टीकाराम थापा, यज्ञबहादुर खड्का, श्रीधर कुँवर, मनबहादुर ओली, किरण माझी, प्रदीपकुमार घर्ती, लिलाबहादुर बुढा, बलजीत दमाई, अर्जुन डाँगी, सुरज बिक, बिजय पुन र मनोज गुरुङले रक्तदान गर्नुभएको थियो ।रक्तदान कार्यक्रममा वाइसिएल केन्द्रीय सदस्य एवं दाङ इञ्चार्ज सरोज पन्त, नगर अध्यक्ष कुशल बुढा, माओवादी केन्द्रका वडा सचिव सुरश बुढा, वासिएल वडा अध्यक्ष लिला बुढालगायतले बोल्नुभएको थियो ।


You need to login to write a comment!

comments

Top