Joshilopost


मितेरी हस्पिटलमा आइसोलेशन सेन्टर संचालन 


मितेरी हस्पिटलमा आइसोलेशन सेन्टर संचालन 

दाङ जेठ १३ । मितेरी हस्पिटल दाङले कोभिड विरामीहरुलाई मध्यनजर गर्दै छुटै आइसोलेशन सेन्टर संचालनमा ल्याएको छ। कोरोना संक्रमितहरुको चाप दिनानुदिन बढ्न थालेपछि अस्पतालले आफ्नै आइसोलेशन सेन्टर संचालनमा ल्याएको हो। 

दश लाख रुपैयाँको लागतमा मितेरी अस्पतालले नजिकै रहेको खाली घरलाई आइसोलेशन सेन्टरको रुपमा परिणत गरेको संचालक माधव भण्डारीले जानकारी दिनुभयो। बुधबारदेखि हस्पिटलमा रहेका ८ जना संक्रमितलाई आइसोलेशन सेन्टरमा सारिएको संचालक भण्डारीले बताउनु भयो। 

हस्पिटलले आइसोलेशनमा बसेवापत प्रतिबेड रु १ हजार देखि १५ सय सम्म  लिने निणर्य गरेको, संचालक भण्डारीले भन्नुभयो। नगरपालिकाले समन्वय गरे हामी विरामीलाई निशुल्क उपचार गर्न तयार छौं, ुभण्डारीले भन्नुभयो, कोभिडका विरामीकै लागि भनेर हामीले छुटै टिमनै बनाएका छौं त्यो खर्च पूर्ति गर्न सामान्य शुल्क लिनैपर्छु

हस्पिटलले आइसोलेशन संचालन गर्न थप २० वटा नयाँ अक्सिजन सिलिन्डर समेत खरिद गरेको छ। दाङ प्रशासनले निजि अस्पताललाई  अक्जिसन  रिफिल गर्ने व्यवस्था सहज नबनाउदा आफ्नो हस्पिटलमा रहेका कोभिड विरामीलाई एक्सिजनको व्यवस्थापन गर्न कठिनाइ भइरहेको संचालक भण्डारीको गुनासो छ। प्रशासनले कोभिडका विरामीलाई उपचार गराईरहेका सबै निजि अस्पतालहरुलाई सहजै अक्सिजन उपलब्ध गराउनुपर्ने  उहाँको माग छ। 


You need to login to write a comment!

comments

Top