Joshilopost


 जेठ १९ मा लुम्बिनी प्रदेशको वर्षे अधिवेशन 


 जेठ १९ मा लुम्बिनी प्रदेशको वर्षे अधिवेशन 

दाङ, जेठ १४ । लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन आउँदो जेठ १९ गते बस्ने भएको छ ।शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ १९ गते १ बजे प्रदेशसभा आह्वानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।यसअघि वैशाख ६ मा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफल गर्न विशेष अधिवेशन आह्वान भएको थियो । त्यसदिन नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि बैठक नबसी अधिवेशन अन्त्य भएको थियो । त्यसपछि विपक्षी गठबन्दनले विशेष बैठक आह्वान गर्न आग्रह गरेपनि प्रदेश प्रमुख धर्मनाथ यादवले मानेका थिएनन् ।यस्तै, मन्त्रीपरिषद बैठकले प्रदेश वन ऐन सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । 


You need to login to write a comment!

comments

Top