Joshilopost


निर्वाचन अपडेट  – २३१ मत खस्यो 


 निर्वाचन अपडेट  – २३१ मत खस्यो 

दाङ । लुम्बिनी प्रदेशको रिक्त एक सिटमा राष्ट्रिय सभा सदस्यको  उपनिर्वाचनको  मतदान जारी रहेको छ । बिहान ११ बजेसम्म प्रदेश र स्थानीय तहतर्फ गरी जम्मा २३१ मत खसेको छ । स्थानीय तहतर्फ महिला ६४ र पुरुष ८५  जनाले मतदान गरेका छन । भने प्रदेशसभातर्फ मतदान केन्द्रमा  महिला २८ र पुरुष ४० जनाले मतदान गरेका हुन ।  


यस्तै कोभिडतर्फको मतदान केन्द्रमा १० पुरुष र ४ महिलाले मतदान गरेका छन। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी रहेको हो । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको  सहायक निर्वाचन अधिकृत मीनराज भट्राईले जानकारी दिनुभयो । प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो । 


निर्वाचन आयोगले मतदान स्थलमा भर्चुअल माध्यमबाट पनि हेर्न सकिने व्यवस्था मिलाएको छ ।आयोगले मतपरिणाम पनि भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने छ । कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत भट्टराईले जानकारी दिनुभयो । निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहनुभएको छ । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)  र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुुनुहुन्छ ।नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि गरी कुल ३०० मतदाता छन  । 


You need to login to write a comment!

comments

Top