Joshilopost


२सय ९७ मत खस्यो 

राष्ट्रिय सभा सदस्यको  उपनिर्वाचन


२सय ९७ मत खस्यो 

 

दाङ । लुम्बिनी प्रदेशको रिक्त एक सिटमा राष्ट्रिय सभा सदस्यको  उपनिर्वाचनको  मतदान कार्य सम्पन्न भएको छ  । बिहान ९ बजे देखि सुरु भएको मतदान ३ बजे सकिएको हो ।  लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि २ सय ९७ जनाले मतदान गरेका छन् ।  स्थानीय तहतर्फ महिला ८२ र पुरुष १०८  जनाले मतदान गरेका छन । भने प्रदेशसभातर्फ मतदान केन्द्रमा  महिला ३० र पुरुष ५० जनाले मतदान गरेका हुन ।  
यस्तै कोभिडतर्फको मतदान केन्द्रमा प्रदेशतर्फ ३ र स्थानिय तर्फ २४  मतदान गरेका छन। सोमबार भएको मतदानमा  कुल ३ सय मतदाता मध्ये तीन जना अनुपस्थित रहेका  थिए । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएनन् । भने बाँके नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक साह भारत  र गुल्मी  दरबार गाउँपालिका अध्यक्ष अशोक थापा काठमाडौंमा उपचार गरिरहेका छन ।  स्थानीय तहका तीन जना जनप्रतिनिधि उपस्थित नभए पनि प्रदेश सभाका  ८३ जनाले मतदान गरेको  सहायक निर्वाचन अधिकृत मीनराज भट्राईले जानकारी दिनुभयो । प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो । 
निर्वाचन आयोगले मतदान स्थलमा भर्चुअल माध्यमबाट पनि हेर्न सकिने व्यवस्था मिलाएको छ  ।आयोगले मतपरिणाम पनि भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने छ । कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत भट्टराईले जानकारी दिनुभयो ।
निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहनुभएको छ । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)  र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुुनुहुन्छ ।नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि गरी कुल ३०० मतदाता रहेका थिए । यस अघि राष्ट्रिय सभामा निर्वाचित माओवादी केन्द«का संसाद चन्द«बहादुर खड्का एमालेमा प्रबेश गरेपछि सो पद रित्त हुन गएको थियो ।  


You need to login to write a comment!

comments

Top