Joshilopost


कोरोनाका बिरामीलाई निशुल्क औषधी    


 कोरोनाका बिरामीलाई निशुल्क औषधी    

दाङ,जेठ १७  ।  कोरोना संक्रमित बिरामीलाई निशुल्क औषधी बितरण गरिएको छ ।ग्रामिण बस्तिमा कोरोना संक्रमणको  दर बढ्दै जाँदा त्यसको नियन्त्रण तथा रोकथाम गर्न दाङको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीले निशुल्क औषधी बितरण गरेको छ । जिल्लाका बिभिन्न कोभिड अस्पतालमा उपचारार्थ र होम आईशोलेसनमा बसेका ६ सयलाई औषधी उपलव्ध गराएको छ । अस्पतालले कोभिडसंग लड्ने रोग प्रतिरोधात्मक क्षमता भएका चार प्रकारका औषधी प्रोटकल डिजाईन गरी बितरण गर्दै आएको अस्पताल प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिनुभयो ।

औषधीको माग बढ्दो क्रममा रहेकोले अब जिल्लाका दशस्थानिय तहबाट वितरणको काम थालिएको छ । अस्पतालबाट प्राप्त तुलसी,नीम,तेजपत्ता,पिप्ली,मरिच,लगाएत,औषधी पालिकाले आफ्ना स्वास्थ्य,संस्था मार्फत बिरामीलाई दिदै आएका छन्  । यी औषधी सेवन गर्दा कोरोनालाई सजिलै जित्न सकिने बिरामीको अनुभव छ । माहामारीको समयमा निःशुल्क औषधी पाउँदा कोरानाका बिरामी निकै खुशी छन भने रोगसंग लड्ने रोग प्रतिरोधात्मक क्षमता पनि उनीहरुमा बढ्दै गएको उनिहरु बताउँन् 

         


 


You need to login to write a comment!

comments

Top