Joshilopost


राष्ट्रियसभा सदस्यमा पाण्डेय बिजयी 


 राष्ट्रियसभा सदस्यमा  पाण्डेय बिजयी 

दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय बिजयी हुनु भएको छ । पाण्डेय सत्तारुढ नेकपा एमालेका उम्मेदवार चन्द«बहादुर खड्कका भन्दा  ५२८ मत अन्तरले बिजयी हुनु भएको हो । नेपाली काँग्रेसबाट बिजयी पाण्डेयले प्रदेश सभा सदस्य २ हजार १६ र गाउँपालिका अध्यक्ष,उपाध्यक्ष नगरप्रमुख,उपप्रमुखले २ हजार १ सय २४ गरी जम्मा ४ हजार १ सय ४० मत प्राप्त गर्नु भएको थियो  । भने सत्तारुढ नेकपा एमालेका उम्मेदवार चन्द«बहादुर खड्ककालाई  प्रदेश सभा सदस्यले १ हजार ९ सय २० र गाउँपालिका अध्यक्ष,उपाध्यक्ष नगरप्रमुख,उपप्रमुखले १ हजार ६ सय ९२ गरी जम्मा ३ हजार ६ सय १२ मत गरेको प्रमुख निर्वाचन अधिकृत रितेन्द« थापाले जानकारी दिनुभयो ।

 पाण्डेय नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)  र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुनुहुन्थ्यो  । प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो । जम्मा ३ सय मतदाता मध्ये  आज भएको  मतदानमा  २९७ जनाले मात्र  मतदान गर्नु भएको थियो । बाँकी ३ जना  नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा,बाँके नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक साह र गुल्मी  दरबार गाउँपालिका अध्यक्ष अशोक थापा मतदानमा सहभागी हनु भएनन । राष्ट्रिय सभा सदस्यमा बिजयी उम्मेदवारलाई आजै मुख्य निर्वाचन अधिकृत रितेन्द« थापाले बिजयीको प्रमाणपत्र प्रदान गर्नु भएको थियो । यस अघि राष्ट्रिय सभामा निर्वाचित माओवादी केन्द«का सांसद चन्द«बहादुर खड्का एमालेमा प्रबेश गरेपछि सो पद रित्त हुन गएको थियो ।  


You need to login to write a comment!

comments

Top