Joshilopost


प्रतिष्ठानको भवन जोखिम

बिरामी राख्ने ठाउँमा पानी चुहिदा समस्या 


प्रतिष्ठानको भवन जोखिम

दाङ ।अबरिल बर्सातपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन चुहिन थालेको छ ।प्रतिष्ठानको नाक,कान,घाँटी,चिकित्सक,अप्रेशन, बिरामी भर्ना ,एन.आई.सी.यू र प्रसुती गृह चुहिन थालेको हो । झण्डै तीस बर्ष पुरानो  भवन मर्मत सम्भार नहुदा जिर्ण बनेको थियो । नयाँ संरचना निर्माण बनाउँन सरकारले बजेट उपलव्ध गराएपनि पुराना भवन मर्मतमा ध्यान नदिदा समस्या भएको प्रतिष्ठानका निर्र्देशक डा.प्रज्ञासिंह बस्नेतले जानकारी दिनुभयो ।

                          यसका साथै  एकसाताको अबिरल बर्सातले बिरामी राख्ने भवन भासिएको छ । प्रतिष्ठानको भवन भासिदा बिरामीहरु जोखिमा छन् । लगातार परेको बर्षातले उक्त भवनमा  क्षति पुगेको हो । १५० शैया संचालन गरेको  प्रतिष्ठानले पुरानो (रातो) भवन  मर्मत गरी बिरामी राख्दै आएको थियो । यसपटक भने बिरामी राख्ने वार्डमै पानी चुहिन थालेको छ । दाङ, सहित रोल्पा,रुकुम,प्युठान संल्यान जिल्लाबाट प्रतिष्ठानमा  उपचार गर्न  आउने बिरामी समस्यामा परेको बिरामीका  आफन्तहरु बताउँछन् । 


                              प्रतिष्ठानले ३०० शैया संचालन गर्ने तयारीे गरेपनि भवन अपुग हुदा १५० शैयामात्र संचालन गर्दै आएको छ । त्यस मध्य ५० शैया कोभिड संक्रमतिको लागि छुट्टाईएको छ ।लुम्बिनी र कर्णाली प्रदेशको केन्द«बिन्दु रहेको प्रतिष्ठानका पुराना भवन मर्मत र थप संरचना निमार्ण गर्न  सरकारले  ध्यान नदिएको जनाएको छ । गत आर्थिक बर्षमा  पक्की भवन निर्माण गरियता पनि निर्माण कम्पनीको लापरवाहीका कारण नवनिर्मित भवन पनि चुहिने गरेको छ । जसका कारण अत्याधुनिक चारवटा अप्रेशन थ्रिएटर र जडान गरिएका उपकरण पोको पारेर राख्नु परेको बस्नेत बताउँनु हुन्छ । यसोत पुराना भवन मर्मतमा सरकारले ध्यान नदिदा बिरामीहरु जोखिम मोलेरै उपचार गर्न बाध्य छन् । 


You need to login to write a comment!

comments

Top