Joshilopost


जामे मस्जिदद्वारा एक लाख बढिको खाद्यान्न सहयोग


जामे मस्जिदद्वारा एक लाख बढिको खाद्यान्न सहयोग

 घोराही उपमहा नगरपालिका–१४ को जामे मस्जिद मुस्लिम समाजद्वारा एक लाख बढिको खाद्यान्न सहयोग गरेको छ । सामाजले घोराही उपमहानगरपालिका वडा नं १४को कार्यालयलाई १ लाख ३७ हजार ४० रुपैया बराबरको खाद्यान्न सहयो गरेको हो ।उक्त सामग्री घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सिता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ॠषिराम केसी र वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीलाई समाजका अगुवा संयोजक कुतबुद्दिन फारुकीले राहत सामग्री हस्तान्तरण गरेका थिए । समाजले लकडाउनका क्रममा दैनिक मजदुरी गर्न नपाएर खानलाई समस्या भएका अतिििवपन्न,गरिव परिवारलाई सहयोग गर्ने मुस्लिम समूदायका सामाजिक व्यक्तित्वलगायत सम्पूर्ण सबैमा धेरै धेरै धन्यवाद व्यक्त गरेको छ ।


You need to login to write a comment!

comments

Top