Joshilopost


प्रहरी प्रमुख चन्द र प्रहरी निरिक्षक परियारलाई सम्मान


 प्रहरी प्रमुख चन्द र प्रहरी निरिक्षक परियारलाई सम्मान

दाङ  ।  जिल्ला प्रमुख प्रहरी उपरिक्षक गणेश चन्द र प्रहरी निरिक्षक झपेन्द्र परियार सम्मानित हुन भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले दुबै जनालाई प्रशंसा पत्रसहित सम्मान गरेको हो ।जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा कोरोना नियन्त्रण, व्यवस्थापन र विरामीहरुलाई अस्पतालमा अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै  सम्मान गरेको हो । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जिल्लामा शान्तिसुरक्षा कायम गर्न सक्षम भूमिका निर्वाह गरेकाले सम्मान गरेको प्रशंसापत्रमा उल्लेख गर्नुभयो । आपत बिपद्को समयमा नागरिको सबै भन्दा नजिक प्रहरी हुने भन्दै प्रशासनले कामको मुल्याङकन गरी सम्मान गरेको पौडेले जानकारी दिनुभयो ।
 


You need to login to write a comment!

comments

Top