Joshilopost


पर्खाल भत्किदा तीन महिने शिशुको मृत्यु 


पर्खाल भत्किदा तीन महिने शिशुको मृत्यु 

दाङ । अविरल वर्षाले घरको पर्खाल भत्किदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गएराती पर्खाल भत्किदा घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी ३० वर्षिया मनिसा चौधरीको तीन महिने छोरीको मृत्यु हो ।घटनामा परी उनका  मनिशा र उनकी ९ वर्षिया छोरी बाटुली चौधरी  घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । साथै मृतक शिशुको शवलाई पोष्टमार्टमका लागि प्रतिष्ठानमा राखिएको छ । घरमा ४ जना श्रीमान, श्रीमती, दुई छोरी सुतिरहेको अवस्थामा घरको पर्खाल भत्किएको प्रहरीले बताएको छ ।
 


You need to login to write a comment!

comments

Top