Joshilopost


घोराही– तुलसीपुरको चारलेन सडक अलपत्र

७ प्रतिशत काम दुई बर्षमा पुरा 


घोराही– तुलसीपुरको चारलेन सडक अलपत्र

दाङ । घोराही –तुलसीपुर सडक खण्डको  यात्रा गर्दा भेटिने यो एक ठाउँको मात्र खाल्डाखुल्डी  हो ।यस्ता  दृश्यहरु  चोकपिच्छे भेटिनु स्थानियका लागि नौलो भने होईन । बाहिरी जिल्लाबाट आउँने जो कसैलाई झट्ट हेर्दा सडक निर्माणको काम धमाधम भैरहेको जस्तो लाग्छ । तर दुईबर्ष देखि फोरलेन बन्न सकेको छैन । २०७६ देखि एक भारतीय निर्माण कम्पनीले जिम्मा पाएपनि सबैकाम समयमै नगर्दा सडक निर्माणको काम अलपत्र परेको हो ।  ३० महिनामा सडक निर्माण गरी हस्तान्तरण गर्ने ठेक्का सम्झौतामा भएपनि दुई बर्षको अबधीमा ७ प्रतिशत काम मात्र सम्पन्न भएको छ । यस अबधीमा सडकको दायाँबायाँ वाल लगाउँने,ह्युमपाईप बिच्छ्याउँने र केही स्थानमा तारजाली लगाउँने काम भएको छ । कतिपय स्थानमा बाटो खनेर कल्भर्ट बनाउँन सुरु गरिएपनि कामले पुर्णता नपाउँदा दुर्घटनाको जोखिम बढेको तुलसीपुरका भिम बिक बताउँनु हुन्छ ।
हिउँदे याममा धुलो र बर्सातको समयमा  हिलो आजीत बनेका सर्वसाधारणलाई फोरलेन कहिले बन्ला र सजिलै यात्रा गरौला भन्ने चिन्ताले पिरोल्दै लगेको छ । सडक बनाउँने जिम्मा पाएको निर्माण कम्पनीले सम्झौताको म्याद सकिएर अरु ६ महिना समय थप पाउँदा पनि कुनै चासो दिएको देखिदैन । बरु बर्सातका कारण संचालन भएको पुरानो सडक पनि भत्किने अबस्थामा पुगेको छ । बिना तयारी ठाउँ ÷ठाउँमा कल्र्भट बिच्छ्याँउन खनिएको खाल्डाखुल्डीका कारण खोला र खेतमा भएको पानी सडकमै दौडिन थालेको छ । जसका कारण सडकमा आवत जावत गर्न निकै सास्ती भएको स्थानियहरुको भनाई छ ।
राष्ट्रिय गौरबको आयोजना भित्र पर्ने घोराही –तुलसीपुरको  फोरलेन सडक बनाउँन सरकारले १ अर्ब २५  करोड खर्च  गर्दैछ । ठेकेदारले काम नगर्ने बरु  चिनजानका मान्छेसंग सकिएको  म्याद थप गर्ने प्रयास गर्दा  म्याद पनि सकिने सडक पनि नबन्ने अबस्था देखिएको छ ।   
 


You need to login to write a comment!

comments

Top